एकैपटक सहसचिव भएका सिग्देल र वैद्य सँगसँगै सचिवबाट घर जाँदै 


काठमाडौं। एकैपटक सहसचिव गोपालप्रसाद सिग्देल र सरजुकुमार वैद्य सँगसँगै घर जाने भएका छन्। २०६८ फागुनमा एकैपटक सहसचिव भएका गोपालप्रसाद सिग्देल र सरजुकुमार वैद्य घर जाने दिन पनि सँगसँगै जस्तो देखिएको छ। उनीहरूको जागिर अब ३ साता बाँकी छ।

पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल असोज १३ गते अनिवार्य अवकाशमा जाँदैछन्। जल तथा ऊर्जा आयोगका सचिव सरजुकुमार वैद्य असोज १५ गते (त्यसको पर्सिपल्ट) अनिवार्य अवकाशमा जाने सूचीमा छन्। प्राविधिक सचिवहरू गोपाल ५ वर्ष सचिव चलाएर र सरजु ५८ वर्ष पूरा भएर घर जान लागेका हुन्। सिग्देल २०७८ असोज १४ गते र वैद्य २०७९ जेठ २३ गते सचिवमा बढुवा भएका थिए। एकैपटक सहसचिव भएका उनीहरूको घर जाने दिन पनि एउटै समय जस्तो परेको हो।

सिग्देल र वैद्य इन्जिनियरिङ क्लष्टरकाष्टरका सचिव भएकाले उक्त पदमा उक्त क्लष्टरबाटै सचिव बढुवा हुनेछन्। इन्जिनियरिङ क्लष्टरबाट सचिव बढुवा हुने लाइनमा जगदिश्वर कर्माचार्य र नवीनराज सिंह रहेका छन्।

क्याटेगोरी : समाचार
ट्याग : #गोपालप्रसाद सिग्देल, #सरजुकुमार वैद्य

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ