चिकित्सक संघका सदस्यलाई खल्ती प्रोमा विशेष सुविधा


काठमाडौं । नेपाल चिकित्सक संघमा आबद्ध चिकित्सकहरूले अब ‘खल्ती प्रो’ को वार्षिक सदस्यता २०० रुपैयाँमै लिन पाउने भएका छन्।

संघ र डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई खल्ती लिमिटेडबीच भएको सम्झौताअनुसार केवाइसी प्रमाणित सदस्य चिकित्सकले डिजिटल भुक्तानी, वित्तीय सेवा तथा स्वास्थ्यसम्बन्धी विभिन्न सुविधा प्राप्त गर्नेछन्।

खल्ती प्रो सदस्यता लिएपछि चिकित्सकले आफ्नो नाममा दर्ता भएको मोबाइल नम्बर रिचार्जमा २ प्रतिशत क्यासब्याक, दैनिक कारोबारमा दोब्बर दामी पोइन्ट्स तथा असीमित निःशुल्क खल्ती–टु–खल्ती रकम स्थानान्तरण गर्न सक्नेछन्। त्यस्तै, महिनामा पाँच पटकसम्म बैंक खातामा निःशुल्क रकम ट्रान्सफर गर्न सकिनेछ।

सम्झौताअनुसार चिकित्सकले निःशुल्क खल्ती डिजिटल कार्ड, विभिन्न ब्रान्ड तथा मर्चेन्टमा छुट, बीमा सेवामा सहुलियत, ब्लुबुक सेवामा पिकअप तथा ड्रप सुविधा र ‘स्मार्ट डिपोजिट’मार्फत लक्ष्यअनुसार बचत गर्ने सुविधा पनि पाउनेछन्।

यस्तै, निजी क्लिनिक सञ्चालन गर्ने चिकित्सकका लागि खल्ती क्युआर सेवा तथा अनलाइन डाक्टर परामर्शलाई खल्ती एपसँग जोड्ने व्यवस्था पनि गरिएको छ।

संघका सदस्य चिकित्सकलाई डिजिटल तथा वित्तीय सेवामा थप सुविधा उपलब्ध गराउने उद्देश्यले सम्झौता गरिएको दुवै पक्षले जनाएका छन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ