गृहबाट एक सिडिओसहित ४ सहसचिव आउट, एकदेव र मोतिराम गृहमा भित्रिए
काठमाडौं। गृह मन्त्रालयबाट एक प्रमुख जिल्ला अधिकारी (सिडिओ)सहित ४ जना सहसचिव आउट भएका छन्। गुल्मीका सिडिओ बद्रीनाथ गैह्रेसहित जगेडामा रहेका सहसचिवहरू पुष्पराज शाही, भूपेन्द्र थापा र चिरञ्जीवी पौडेल आउट भएका हुन्। गैह्रेको पूर्वाधार विकास मन्त्रालयमा सरुवा भएको छ। शाही, थापा र पौडेल भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा थन्क्याइएका छन्।
गृह मन्त्रालयमा भने भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव एकदेव अधिकारी र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक मोतिराम सापकोटा पुगेका छन्। दुबै जनालाई सिडिओ बनाउने गरी गृहमा लगिएको छ। गृहमा फिट नहुने सहसचिवहरूलाई भने मन्त्रालयबाट आउट गरिएको हो। विवादित सहसचिव शाहीलाई गृहमा लानु आफैमा गम्भीर विषय थियो। सरकारले उक्त विषयमा करेक्सन गरेको छ।


तपाईको प्रतिक्रिया दिनुहोस