सहसचिव बढुवाको मुखमा अवकाशमा गएका उपसचिव


काठमाडौं। सहसचिव बढुवाका लागि विज्ञापन आह्वान भइसकेको छ। लोक सेवा आयोगले बुधबार नै विज्ञापन खुलाएको हो। लोक सेवा आयोगले नेपाल प्रशासन सेवामा १४ सहसचिव मागेको छ। तिमध्ये ५ जेष्ठता र ५ कार्यक्षमताका आधारमा बढुवा हुनेछन्।

लोक सेवा आयोगले विज्ञापन खुलाउँदै गर्दा केही ‘अभागी’ उपसचिव भने घर गइसकेका छन्। उपसचिव लोकबहादुर भण्डारी, जीवराज सेढाई, डिल्लीराज बेल्बासे र भवराज जोशी ५८ वर्ष पूरा भएर घर गएका हुन्। २०६९ साउन एकैदिनका उपसचिव भण्डारी, सेढाई, बेल्बासे र जोशी सहसचिव बढुवाको मुखमा सेवानिवृत्त भएका हुन्।

भण्डारी र बेल्बासे जेठ, जोशी असार र सेढाई भदौमा अवकाश हुने सूचीमा थिए। कतिपय त राजीनामा दिएर हिँडेका छन्। सहसचिव बढुवाको मुखमा मुख मिठ्याउँदै उनीहरू घर जान बाध्य भएका हुन्। भण्डारी, बेल्बासे र सेढाई सामान्य प्रशासन समूहका कर्मचारी हुन्। जोशी लेखातिरका उपसचिव हुन्। सहसचिव बढुवाको मुखमा रहेका ४ जना वरिष्ठ उपसचिव सोही पदबाट घर गएका छन्।

क्याटेगोरी : समाचार
ट्याग : #जीवराज सेढाई, #डिल्लीराज बेल्बासे, #भवराज जोशी, #लोकबहादुर भण्डारी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ