जन्ती बोकेको जिप दुर्घटना, दुलाहा दुलहीसहित १२ जना घाइते


काठमाडौँ । बैतडीमा जन्ती बोकेको जिप दुर्घटना भएको छ । कन्चनपुरबाट जन्ती बोकेर बैतडी जाँदै गरेको जिम बैतडीको पाटननगरपालिका ६ स्थित हिरापुरमा दुर्घटना हुँदा दुलाहा दुलहीसहित १२ जना घाइते भएका हुन् ।

सुदुरपश्चिम प्रदेश ०२००१ ज ३७७ नम्बरको जिप सोमबार बिहान ६ बजे आसपास दुर्घटनामा परेको प्रहरीले जनाएको छ । घाइते १२ जनामध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको बैतडी प्रहरीले जनाएको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #सवारी दुर्घटना

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com