त्रिविले भन्यो : आजको परीक्षा हुन्छ, भोलिदेखि के गर्ने निर्णय गर्दैछौँ


काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरेको सबै तहका परीक्षा आज सञ्चालन हुने जनाएको छ ।

त्रिविका रजिष्ट्रार पेशल दाहालका अनुसार पूर्वनिर्धारित परीक्षा आज सबै सञ्चालन हुनेछन् ।

तर, उता कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले यथास्थितीमै सबै प्रकारका परीक्षाहरु पनि स्थगित गर्न सिफारिस गरेको थियो ।

सीसीएमसीले विद्यालयहरु पनि बन्द गर्न सरकारलाई सिफारिस गरिसकेको छ ।
केही जिल्लामा लकडाउन लगाइएको छ ।

कोभिड संक्रमण नियन्त्रण बाहिर जाने खतरा बढेपछि सरकारले काठमाडौँ उपत्याकाका तीन जिल्लासहित नौ जिल्लामा तत्काल लकडाउन गर्न लागेको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #आजको परीक्षा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com