कस्तो छ कोरोना संक्रमित पूर्व राजा रानीको स्वास्थ्य अवस्था ?


काठमाडौं । कोरोना संक्रमित पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल राज्यलक्ष्मी शाह र पूर्वअधिराजकुमारी प्रेरणा शाहको अवस्थामा सुधार भइरहेको अस्पतालले जनाएको छ । उनीहरुको नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।

‘कोरोना संक्रमणबाट पीडित पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाह, पूर्वरानी कोमल राज्यलक्ष्मी शाह र पूर्व अधिराजकुमारी प्रेरणा शाहको अवस्थामा सुधार भइरहेको छ । कोरोनाका लक्षणहरु कम हुँदै गएका छन्,’ अस्पतालका कर्पोरेट कम्युनिकेसन एण्ड पीआर प्रमुख सोमनाथ बास्तोलाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, उहाँहरुको शनिवार दिउँसो १ बजेदेखि यस नर्भिक अस्पतालमा उपचार भइरहेको छ । केही दिनअघि उहाँहरुमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो । उहाँहरुको आइतबार साँझसम्मको अवस्था स्थिर र सामान्य रहेको छ ।”

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार
ट्याग : #राजा रानी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com