त्रिभुवन विश्‍वविद्यालय अन्तर्गत सञ्चालित सबै परीक्षा स्थगित


काठमाडौं : त्रिभुवन विश्वविद्यालयले पूर्वनिर्धारित सबै परीक्षा स्थगन गरेको छ ।

कोरोना भाइरस संक्रमणको बढ्दो लहरलाई मध्यनजर गरेर त्रिविले परीक्षा स्थगन गर्ने निर्णय गरेको हो ।

सोमबार त्रिविले सूचना जारी गर्दै कोरोनाका कारण पूर्वनिर्धारित वार्षिक र सेमेष्टरका सम्पूर्ण परीक्षाहरु स्थगित गरेको हो ।

कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले परीक्षा स्थगन गर्ने निर्णय गरेको थियो ।

सीसीएमसीको आइतबार साँझ बसेको बैठकले अनलाइनमार्फत पठनपाठनलाई निरन्तरता दिने तर भौतिक रुपमा उपस्थित भएर हुने सबै परीक्षा स्थगन गर्ने निर्णय गरेको थियो ।

सीसीएमसीको निर्णयपछि अन्य विश्वविद्यालयले आजदेखि नै परीक्षा स्थगन गरेपनि त्रिविले भने परीक्षा सञ्चालन हुने जनाएको थियो ।

तर सोमबार दिउँसो सूचना प्रकाशित गर्दै त्रिविले पनि परीक्षा स्थगन गर्ने जनाएको हो ।

त्रिविले कोरोनाका कारण देशका विभिन्न भागमा निषेधाज्ञा र लकडाउन भएका कारण परीक्षा सञ्चालन गर्न नसकिने परिस्थिति सिर्जना भएको भन्दै पूर्वनिर्धारित बार्षिक र सेमेष्टर परीक्षा स्थगन गर्नुपरेको जनाएको छ ।

No description available.
क्याटेगोरी : समाचार
ट्याग : #त्रिभुवन विश्वविद्यालय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com