अक्सिजन प्रयोग हुने उद्योग केही समय बन्द गर्न स्वास्थ्य मन्त्रालयको अनुरोध


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजन प्रयोग हुने उद्योगधन्दा केही समयका लागि बन्द गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आग्रह गरेको छ ।

कोभिड-१९ का संक्रमितको उपचारमा अक्सिजन अभाव हुन नदिन उद्योगधन्दा केही समय बन्द गर्न आग्रह गर्दै सोमबार स्वास्थ्यले उद्योगलाई पत्राचार गरेको हो ।

अक्सिजनको अभाव हुने संभावनालाई मध्यनजर गर्दै त्यस्ता उद्योग केही समय बन्द गर्न आग्रह गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पत्रमा “अक्सिजनसहित अक्सिजन सिलिण्डरको कालोबजारी, विदेश पैठारी भई स्वदेशमा अप्ठ्यारो हुने अवस्थाको सिर्जना हुन नदिन, नेपाली बजारमा प्रशस्त अक्सिजन र अक्सिजन सिलिण्डरको व्यवस्था गरिदिनु हुन तथा अस्पतालमा उपचारका लागि प्रयोग हुने अक्सिजन उद्योगधन्दामा केही समयका लागि प्रयोग बन्द गर्न वा बन्द गर्न नसकिने अवस्थामा निकै कम खपत गर्न” अनुरोध गरिएकोे छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार
ट्याग : #स्वास्थ्य मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com