२४ घण्टामा ३ हजार ५५६ जनामा कोरोना पुष्टि, १२ जनाको मृत्यु


काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा तीन हजार ५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १३ हजार २९३ जनाको पिसिआर परीक्षणमा तीन हजार ५५६ जनालाई संक्रमण पुष्टि भएको छ।

नेपालमा संक्रमित हुनेको सख्या तीन लाख ३ हजार ५६१ पुगेको छ।

आज १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार अहिलेसम्म मृत्यु हुने संक्रमितको संख्या ३ हजार १७६ पुगेको छ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या २२ हजार ४३४ पुगेको छ।

आज देशभर ३७८ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। हालसम्म २ लाख ७७ हजार ९५१ संक्रमित निको भइसकेका छन्।

देशभर ६५ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार
ट्याग : #कोरोना संक्रमण

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com