माधवको आरोप : ओली नक्कली एमाले हुन्, हामी सक्कली


नवलपरासी नेकपा एमालेका नेता माधवकुमार नेपालले केपी शर्मा ओली नक्कली एमाले भएको आरोप लगाएका छन् ।

उनले आफूहरु नै सक्कली एमाले भएको दावी गरे । आज पूर्वी नवलपरासीको कावासोतीमा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा नेता नेपालले ओली नक्कली एमाले भएको आरोप लगाए ।

उनले ओली कम्यूनिष्ट आन्दोलनलाई ध्वस्त बनाउन सक्रिय रहेको दावी गरे ।

‘ओली नक्कली एमाले हुन्, सक्कली एमाले हामी हौं,’ नेता नेपालले भने, ‘कार्यकर्ताको भावना बुझ्न नसकेर जे मन लाग्यो त्यही गरेर ओली कम्युनिष्ट आन्दोलन समाप्त पार्न सक्रिय छन् ।’

आफूहरुलाई पार्टी फुटाउन खोजेको आरोप लगाएर ओलीले इमान्दार कार्यकर्तामाथि कारवाहीको डन्डा चलाउन लागेको बताए ।

अध्यक्ष अ‍ोलीले नेपालसहित चार नेतालाई ६ महिनाका लागि पार्टीबाट निलम्बन गरेका छन् ।

नेता नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ओलीले कारवाही गरिसकेका छन् । साथै ओलीले २७ सांसदलाई स्पष्टिकरण सोधेका छन् ।

क्याटेगोरी : समाचार
ट्याग : #माधवकुमार नेपाल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ