कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै, देखिएन कसैलाई कोरोना


काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ । बैठक अघि गरिएको पीसीआर परीक्षमा कसैलाई पनि कोरोना भाइरसको संक्रण नरहेको पुष्टि भएपछि आज दिउँसो बैठक बस्न लागेको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले नेपालमञ्चलाई जानकारी दिए ।

बैठकमा आगामी भदौ ७ गते हुने १४ औँ महाधिवेशनको तयार?, क्रियाशील सदस्यता तथा नवीकरण, पार्टी समायोजन र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने पौडेलको भनाइ छ । कांग्रेसले केपी शर्मा ओली नेतृत्वको सरका ढालेर आफ्नै नेतृत्वका सरकार गठन गर्न अन्य दललाई प्रस्ताव नै गरिसकेको छ ।

कांग्रेसको प्रस्तावमा माओवादी केन्द्रले समर्थन जनाइसकेको छ भने जनता समाजवादी पार्टीभित्र सहमती जुट्न नसकेको छैन । जसपामा अध्यक्ष महन्थ ठाकुर ओली सरकारलाई समर्थन गर्ने पक्षमा छन् भने संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई र अर्का अध्यक्ष उपेन्द्र यादव ओली सरकारको विकल्प खोज्न ढिला गर्न नहुने पक्षमा छन् ।

क्याटेगोरी : समाचार
ट्याग : #नेपाली कांग्रेस

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com