आगामी चार हप्ता सम्म कोरोना संक्रमण घट्दैन


काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले अझै चार हप्ता संक्रमण स्थिर रहने बताएका छन् । निषेधाज्ञाको चरणमा जती संक्रमण घट्नु पर्ने थियो सो अनुसार घट्न नसकेको मन्त्री त्रिपाठीले बताए ।

“स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मलेन मार्फत मन्त्री त्रिपाठीले भने, “हामीले जुन हिसावले संक्रमण घट्छ भनेर अपेक्षा गरेका थियौं । तर, त्यो अनुुसार केस घटेको छैन । त्यसैले अझै आगामी चार हप्ता सम्म कोरोना संक्रमण यही अवस्थामा रहने छ ।”

मन्त्री त्रिपाठीले कोरोना सुरु भएपछि देशमा निकै उपकरणहरुको व्यवस्थापन भएको बताए ।  ०७७ बैशाखमा भेन्टिलेटरको संख्या ३२७ रहेकोमा हाल ९०४ पुगेको छ । त्यस्तै १८० थपिने क्रममा छ । आइसियु संख्या २६ सय रहेकोमा ३ हजार पुगेको बताएको छ । तर, स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले भने आइसियु संख्या ढाँटीएको बताएका छन् ।

सरकारले हाइकेयर युनिट (एचडियु) सरकारीमा २ हजार ७५ वेड थप गरिएको छ । त्यस्तै १४ सय थप गर्ने क्रममा रहेको छ । देशभर ३२ अक्सिजन प्लान्ट रहेकामा हाल १९ थप गर्ने चरणमा छ । मन्त्री त्रिपाठीका अनुसार ३ वटा लिक्विड अक्सिजन ट्याङ्क रहेकोमा २७ वटा थप गर्ने क्रममा रहेको छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com