खाेप काेषमा १९ कराेड जम्मा, त्याे पनि सरकारले चलाएकाे छ


काठमाडौं । खाेप काेषमा १९ कराेड रुपैयाँ जम्मा भएकाे छ । सरकारले कोभिड-१९ विरूद्धकाे खाेप किन्‍नका लागि खाेप काेषकाे स्थापना गरेकाे हाे ।

खाेप धेरै आवश्यक पर्न भएपछि सरकारले खाेप काेषमा याेगदान गर्न सबैलाई आह्वान गरेको थियाे । तर, सरकार आफैले आवश्यक अनुसार रकम जम्मा गरेकाे छैन ।

परिवार कल्याण महाशाखा खाेप शाखाका खाेप सुपरभाइजर भरत भण्डारीका अनुसार हाल सम्म खाेप काेषमा १९ कराेड रकम जम्मा भएकाे छ ।

अधिकारीहरुका अनुसार उक्त रकम पनि नेपाल सरकारले चलाएकाे छ । याे वर्ष ५ कराेड रुपैयाँ काेषमा थपिएकाे छ । महाखाका आफुले बाहेक अरुले जम्मा गरेका छैनन्। सरकारले खाेप खरिद गर्न ठुलाे रकम छुट्टयाए पनि काेषमा आवश्यकता अनुसार दिन सकेकाे छैन ।उता फेल हुँदै गएकाे स्वास्थ्य विमा कार्यक्रममा भने १ अरब बढाएर ७ अरब दिएकाे छ ।

सरकारले एक सुचना जारी गरि  खोप उपलब्ध गराउन ठूलो रकम आवश्यक भएकउले दातृ निकाय, विदेशी, विभिन्न व्यवसायीक एवं सामाजिक र परोपकारी संस्थालगायतलाई खातामा रकम जम्मा गरी योगदान गर्न आह्वान गरेकाे थियाे ।

कोष तथा लेखा नियन्त्रकको कार्यालय त्रिपुरेश्वरको नाममा राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बर १७००१००१०२०६०००० मा पैसा जम्मा गर्न सकिने सूचनामा उल्लेख छ ।

कोरोना नियन्त्रण तथा राेकथाम कोषमा योगदान गर्ने दाताहरूसँग सहकार्य र समन्वय गर्दै जम्मा हुने रकमको परिचालन र खर्चको समीक्षा गरिने सूचनामा उल्लेख छ । काेराेना खाेप खरिदका लागि सरकारले खाेप काेष बनाएकाे छ । खाेप किन्न तत्काल ठूलाे रकम आवश्यक परेपछि मन्त्रालयले सूचना निकालेर सहयाेगका लागि अपील गरेकाे हाे ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com