गोर्खाहरूले २०६ वर्षदेखि रगत दिए तर, बेलायतले आफुसँग भएको खोप दिएन


काठमाडौं । सन् १८१६ मा नेपाल र ब्रिटिश–भारतको तत्कालीन इष्ट इन्डिया कम्पनी सरकारबीच भएको सुगौली सन्धिसँगै बेलायत र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको हो । जंगबहादुरले गोर्खा भर्तीमा कुनै अवरोध सिर्जना नगरेका कारण त्यस बेलासम्म तीन गोर्खा बटालियन मात्र भएकोमा तत्काल पाँच बटालियन बनाइयो ।

वीर शमशेरको पालामा १५ बटालियन पुग्यो भने दोस्रो विश्वयुद्धताका उत्कर्षमा पुग्दा गोर्खा बटालियनको संख्या ४५ पुगेको थियो । गोर्खाहरूको अथाह योगदानकै कारण बेलायतले पहिलो र दोस्रो विश्वयुद्ध जितेको थियो । गोर्खाहरुले २०६ वर्ष देखि रगत, पसिना दिए तर, बेलायतले नेपाल र नेपाली जनतालाई अफ्ठेरो पर्दा आफुसँग भएको खोप दिएन । नेपाललाई तत्काल एष्ट्राजेनेकाले उत्पादन गरेको १३ लाख डोज खोप आवश्यक परेको छ ।

नेपाली जनजातिका युवाहरूले गएको २०६ वर्षको इतिहासमा आफ्नो रगत, पसिना बगाएको र ज्यान समर्पण कति गरे भनेर साध्य छैन । दुवै वेलायती र नेपाली शासकहरूको इन्ट्रेस्ट मा २०६ वर्ष देखि लाहुरेले बगाएको पसिना, रगत र ज्यानको कदर बेलायतले गर्न सकेन । कोरोना महामारीको यो विषम परिस्थितिमा नेपाललाई कोरोना युद्ध जित्न खोप चाहिएको छ । हिजो जसरी गोर्खाहरुको साथ बेलायतलाई चाहिएको थियो, त्यसैगरी आज नेपालीहरुलाई खोपमा बेलायतको साथ चाहिएको छ ।

पहिलो विश्वयुद्धमा करिब २ लाख नेपाली जवानको रगत, पसिना बग्यो । भारत स्वतन्त्र हुन भन्दा २४ वर्ष अगि नेपाल एक स्वतन्त्र मुलुक भएको थियो । नेपाल स्वतन्त्र मुलुक हो भनेर विश्व साम्राज्यवादी मुलुक बेलायतले चिनाउन २ लाख भन्दा धेरै लाहुरेले बलिदान दिनु परेको थियो ।

आज कोरोनाका कारण नेपाल खोप नपाएर छटपटाइरहेको छ । देशी विदेशी शक्तिराष्ट्रहरुसँग सहयोग मागिरहेको छ । खोप दिन कोही तयार छैनन् । दुई दिन अगाडी मात्रै सिसिएमसीले बेलायतसँग छलफल गरेको छ । नेपाली अधिकारीहरुले हामीले रगत दिदा तिमिहरुले खोप दिन सक्दैनौं भनेर प्रश्न गरेका थिए ।

बेलायत सरकारले नेपाललाई ९ जेठमा २० लाख डोज कोभिसिल्ड खोप उपलब्ध गराउने बताएको थियो । विश्व स्वास्थ्य संगठनको कोभ्याक्स कार्यक्रमअन्तरगत नेपालले २० लाख डोज खोप निःशुल्क पाउने भनेको थियो । तर, अहिले सम्म खोप आउने बारे स्वास्थ्य मन्त्रालयलाई औपचारीक जानकारी दिएको छैन । बेलायतको उपल्लो सदनले नेपाललाई २० लाख डोज खोप दिने निर्णय गरेको हो ।

नेपालमा हाल सम्म करिब २६ लाख नागरिकले पहिलो डोज खोप लगाएका छन् । त्यस्तै ७ लाखले दोस्रो डोज लगाएका छन् । १३ लाख वृद्धवृद्धाले कोभिसिल्डको दोस्रो मात्रा लगाउन पाएका छैनन् । खोप लगाउने समय कटेकाले सरकार ठुलो दवावमा परेको छ । यता कोरोना संक्रमण पुन बढ्न थलेको छ । १३ असारमा १९ प्रतिशत संक्रमणदर भएकोमा हाल बढेर २५ प्रतिशतबाट उकालो लागेको छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com