पहिलो चरणको खोप लिन २४ गते जहाज चीन जादै



काठमाडौं । सरकारले चीनसँग खरिद गरेको ४० लाख डोज भेरोसिल मध्ये १० लाख यसै साता आउने भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आगामी असार २४ गते नेपाल वायुसेवा निगमको जहाज बेइजिङ जाने भएको छ । ३ असारमा सरकारले यो वर्ष भित्र १ करोड २० लाख डोज अर्थात ६० लाख नागरिकलाई पुग्ने खोप खरिद गर्ने प्रस्ताव गरेको थियो । तत्काल ४० लाख डोज भने भेरोसिल खरिद गर्ने निर्णय अनुसार पहिलो चरणमा १० लाख यसै साता आउन लागेको हो । हाल सम्म २६ लाख नागरिकलाई पहिलो डोज र ७ लाखलाई दोस्रो डोज खोप दिइएको छ । २ करोड २० लाख नागरिकलाई खोप आवश्यक छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com