दाेश्राे छाल सुरु हुदा घाेषणा भएकाे जाेखिम भत्ता अहिले सम्म पाएनन्


काठमाडौं । काेराेना महामारीको समयमा खटिने स्वास्थ्यकर्मीले घाेषणा भएकाे दुई महिना पुग्दा समेत  जाेखिम भत्ता पाएका छैनन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत २० बैशाखमा अग्रपंक्तिमा खटिने स्वास्थ्य क्षेत्रका कर्मचारीलाई सुरु तलब स्केलको ५० प्रतिशत जोखिम भत्ता दिने घाेषणा गरेका थिए । तर, प्रधानमन्त्रीले घाेषणा गरेकाे ५० प्रतिशत जाेखिम भत्ता हाल सम्म पनि नपाएकाे  स्वास्थ्यकर्मीहरुकाे गुनासाे छ ।

काेराेना संकृमण तिब्र भएका बेला सरकारले जाेखिम भत्ता दिने घाेषणा गरेकाे हाे । हाल काेराेना संमृमण घटिरहेकाे छ । अघिल्लाे वर्ष सरकारले १००, ७५ र ५० प्रतिशत जाेखिम भत्ता उपलब्ध गराएकाे थियाे । स्वास्थ्य मन्त्रालयका अनुसार ५० जना भन्दा बढि स्वास्थ्यकर्मी सेवामा खट्दा खट्दै संकृमति भई ज्यान गुमाएका छन् । उनिहरुलाई दिने भनिएकाे २५ लाखकाे काेराेना स्वास्थ्य विमाकाे रकम समेत १० जना बाहेक अन्यलाई उपलब्ध गराएकाे छैन ।

अहिले विश्वासभर काेराेनाकाे तेश्राे छाल फैलने क्रम तिब्र रुपमा बिकास भएकाे छ । तर दाेश्राे छालमा घाेषणा भएकाे जाेखिम भत्ता नपाउदा स्वास्थ्यकर्मीकाे मनाेबल कमजाेर हुन थालेकाे छ । यहि अवस्था रहे तेश्राे छालमा ज्यान जाेखिममा राखेर बिरामीको सेवा गर्न नसक्ने स्वास्थ्यकर्मीले सरकारलाई चेतावनी दिएका छन् ।               

क्याटेगोरी : प्रदेश, मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com