झलनाथलाई नयाँ किड्नी खोजिदिने को हुन् ?


काठमाडौं, भारतको नयाँदिल्लीस्थित अपोलो अस्पतालमा पूर्वप्रधानमन्त्री झलनाथ खनालको नयाँ मिर्गौला ( किड्नी) प्रत्यारोपण गर्ने कामको तयारी अन्तिम चरणमा पुगेको छ ।

खनालको किड्नी फेर्नका लागि ओली नेतृत्वको सरकारले सम्पूर्ण खर्च बेहोर्ने निर्णय गरिसकेको छ । त्यहिँ निर्णयलाई टेकेर अर्थ मन्त्रालयले ३० लाख पैसा निकासा गरिसकेको छ भने परराष्ट्र मन्त्रालयमार्फत थप ५० लाख मागिएको छ ।

नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा करोडौं खर्च गरेर किड्नी फेर्न लागेका खनाललाई कसले किड्नी दिँदैछ भन्ने विषयमा चौतर्फी चासो छ ।

खनाल निकट स्रोतका अनुसार खनालले प्रत्यारोपण गरेको किड्नी खोज्ने जिम्मा ल्यारक्याल लामाले पाएका छन् । तत्कालीन् प्रधानमन्त्री खनालले अर्थ राज्यमन्त्री बनाएका विवादास्पद व्यक्ति लामा किड्नी दाता लिएर नयाँदिल्ली पुगेका छन् । भारतस्थित नेपाली दूतावासमा गएर कागजात मिलाउने कामसमेत लामाले नै गरिरहेको परराष्ट्र मन्त्रालय उच्च स्रोतले स्वास्थ्य लाइभलाई जनाएको छ ।

‘अपोलो अस्पतालदेखि दूतावाससम्म सबै कागजात मिलाउने काम लामाले नै गरेका छन् भन्ने सूचना आएको छ’,

परराष्ट्र मन्त्रालय उच्च स्रोतले स्वास्थ्य लाइभलाई भन्यो, ‘किड्नी दिने दातासँगै लिएर हिड्नेदेखि कागजात पनि लामा आफैले मिलाउने जिम्मा लिएकाले दाता उनैले व्यवस्थापन गरिदिएको हो कि भन्ने अनुमान लगाउन सकिन्छ’,

एमालेबाट अर्थ राज्यमन्त्री बनेका लामा माओवादीबाट सभासद बनाएपछि तत्कालीन् माओवादी नेता प्रभु साहले लामालाई ‘मालदार’ व्यक्तिको संज्ञा दिएका थिए ।

अहिले फेरि आफूलाई अर्थ राज्यमन्त्री बनाउने तत्कालीन् प्रधानमन्त्री खनालको किड्नी प्रत्यारोपण गर्ने काममा दिल्ली पुग्नु र कागजात मिलाउनेदेखि सम्पूर्ण कामको जिम्मा लिनुले मिर्गौला दिने दाता पनि लामालेनै खोजेको चर्चा चल्न थालेको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com