खोप प्रमाणपत्र निः शुल्क दिन मन्त्री श्रेष्ठको निर्देशन


 

काठमाडौं, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले कोभिड १९ विरूद्धको खोप प्रमाणपत्र (भ्याक्सिन सर्टिफिकेट ) प्रमाणिकरण नि :शुल्क गर्न निर्देशन दिएका छन् । खोप प्रमाणपत्र प्रमाणिकरण  गर्दानिजामती (सिभिल) लगायतका अस्पतालले शुल्क लिएको फेला परेपछि मन्त्री श्रेष्ठले निः शुल्क उपलब्ध गराउन निर्देशन दिएका हुन् ।

श्रेष्ठ स्वास्थ्यमा आउनु  अगाडि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुबाट मात्र भ्याक्सिन प्रमाणपत्र दिने काम हुँदै आएको थियो । शुक्रराजमा भ्याक्सिन प्रमाणपत्र लिनेको भिडभाड भएको गुनासो आएपछि मन्त्री श्रेष्ठले निजामती कर्मचारी अस्पताल बानेश्वर , सशस्त्र प्रहरी अस्पताल बलम्बु र पाटन अस्पताल लगनखेलबाट पनि प्रमाणपत्र उपलब्ध गराउन निर्देशन दिए । त्यसलगत्तै साउन ७ गते स्वास्थ्य सचिवस्तरीय निर्णयबाट ति अस्पतालबाटसमेत खोप ( भ्याक्सिन)  प्रमाणपत्र उपलब्ध गराउने व्यवस्था गरिएको थियो तर निजामती कर्मचारी अस्पतालले भ्याक्सिन प्रमाणपत्र  उपलब्ध गराउदा ३ सय रूपयाँ शुल्क लिएको फेला परेपछि मन्त्री श्रेष्ठले निःशुल्क रूपमा प्रमाणपत्र उपलब्ध गराउन निर्देशन दिएका हुन् ।

आइतबार मन्त्रालयले वैदेशिक यात्रा अथवा अन्य कामको शिलशिलामा अन्तर्राष्ट्रिय यात्रा  गर्नुपर्ने नागरिकलाई निःशुल्क रूपमा खोप प्रमाणपत्र  प्रमाणिकरण  गर्न सम्बन्धित अस्पताललाई पत्रचार गरेको हो ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ