मेडिकल स्टुडेण्ड एसोसिएसनले मणिपाललाई लुटेराको संज्ञा दियो 


काठमाडौं । नेपाल मेडिकल स्टुडेण्ड एसोसिएसनले मणिपाल कलेज अफ मेडिकल साइसेन्जलाई लुट मच्चाएको आरोप लगाएको छ । मणिपालले अनिवार्य होस्टलमा राख्न बाध्य पारिएको कुरा गैरकानुनी, अवैध र लुट भएको एसोसिएसनको ठहर छ ।

‘मणिपाल मेडिकल कलेजले भर्खरै भर्ना भएका एमबीबीएस / बीडीएस विद्यार्थीलाई अनावश्यक रुपमा अतिरिक्त शुल्क साथै सुरक्षा निक्षेको दुई लाख रुपैयाँ मागेको र पैसा कमाउनका लागि अनिवार्य होस्टलमा राख्न बाध्य पारिएको जानकारी आएको छ । जुन गैरकानुनी, अवैध र लुट हो ।’, एसोसिएसनले आज विज्ञप्ति जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मेडिकल विद्यार्थीमाथि भएको शोषणविरूद्ध एसोसिएसनले धावा बोलेको छ । यस्ता कार्यलाई नरोके उक्त मेडिकल कलेजको सम्पूर्ण गतिविधिमा रोक लगाइ कडा रुपमा अगाडि बढ्ने एसोसिएसनका अध्यक्ष डा. सुजन कडरियाको चेतावनी छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com