उपाध्यक्ष गिरीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न एनएमएको माग


काठमाडौं । नेपाल चिकित्सक संघ(एनएमए)ले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीको सवारीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग गरेको छ ।

बिहीबार काठमडौंको काँडाघारीमा आयोगका उपाध्यक्ष गिरीको गाडीमाथि अज्ञात समूले गरेको आक्रमणको विषयमा संघले शनिबार एक विज्ञप्ति जारी गर्दै चिकित्सकमाथि लक्षित गरी साङ्घातिक हमला गर्नेलाई अबिलम्ब पहिचान गरी कारबाही गर्न माग गरेको हो ।

‘चिकित्सकलाई नै लक्षित गरी साङ्घातिक हमला गर्ने र यस्ता अमानवीय गतिविधिमा संलग्नको अविलम्ब पहिचान गरी दोषीलाई प्रचलित कानुन बमोजिम कारबाही गर्न संघले नेपाल सरकार तथा स्थानीय सुरक्षा निकायसमक्ष जोडदार माग गर्दछ ।’, संघका महासचिव डा. बद्री रिजालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

नेपाल चिकित्सक संघका आजीवन सदस्य एवं चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. गिरीको सवारी साधनमाथि अज्ञात समूहद्वारा आक्रमण गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार
ट्याग : ## आक्रमण, ##डा श्रीकृष्ण गिरी, #चिकित्सा शिक्षा आयोग, #डा. बद्री रिजाल, #नेपाल चिकित्सक संघ

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com