स्वास्थ्यको एघारौँ तहमा डा.  भुपेन्द्रदेखि डा. रिजालसम्मले नाम निकाले


काठमाडौं । स्वास्थ्य सेवाको एघारौँ तहमा डा.  भुपेन्द्र कुमार बस्नेतदेखि डा. बद्री रिजालसम्मले नाम निकाले छन् ।

लोकसेवा आयोगले प्रकाशित गरेको लिखित परीक्षाको नतिजामा डा. बस्नेत, डा. रिजाल, डा. प्रकाश बुढाथोकीलगायत चर्चित चिकित्सकहरू एघारौँ तहमा नाम निकाल्न सफल भएका छन्।

आयोगले कन्सलटेन्ट ग्यास्ट्रोइन्टेरोलोजिष्ट पदकाे एक सिटका लागि लिएको लिखित परीक्षामा डा. भुपेन्द्रकुमार बस्नेत र सुरेश थापाले नाम निकालेका हुन् । आन्तरिक प्रतिस्पर्धामार्फत पदपूर्ति गर्नु पर्ने उक्त एक सिटमा बस्नेत र थापा नाम निकाल्न सफल भएका छन् ।

आन्तरिक प्रतिस्पर्धामार्फत नै पदपूर्ति गर्नुपर्ने प्रमुख कन्सलटेन्ट अर्थोपेडिक सर्जन पदको एक सिटका लागि डा. बद्री रिजाल र डा. ऋषि विष्टले नाम निकालेका छन् ।  त्यस्तै प्रमुख कन्सलटेन्ट डेन्टल सर्जन पदमा रिक्त एक सिटमा डा. प्रकाश बुढाथोकी डा. आशा थापा र डा. बन्दना खनाल आचार्य नाम निकाल्न सफल भएका छन् । यो पनि आन्तरिक प्रतिस्पर्धामार्फत पदपूर्ति गर्नुपर्ने सिट हो ।

जनरल सर्जरी तर्फ प्रमुख कन्सलटेन्ट सर्जन पदमा एक सिटका लागि डा. इन्द्रकुमार झाको नाम निस्किएको छ । एक सिट रिक्त रहेको युरो सर्जरी उपसमूहको प्रमुख कन्सलटेन्ट युरो सर्जन पदमा डा. अनिल श्रेष्ठ र डा. प्रवोध रेग्मीको नाम निस्किएको छ ।

ग्यास्ट्रोइन्टेरोलोजिकल सर्जरी उपसमूहको प्रमुख कन्सलटेन्ट सर्जिकल पदमा  डा. इन्द्रकुमार झा, डा. टेकनारायण मण्डल, डा. नरेन्द्र पण्डित र डा. निराजन सुवेदीले नाम निकालेका छन् । त्यस्तै एउटा सिट रहेको न्युरो सर्जरी तर्फको प्रमुख कन्सलटेन्ट न्यूरो सर्जन पदकाे एक सिटका लागि डा. सुमन फुयाँल, डा. नरेन्द्र सालिके र डा. विनोद राजभण्डारीको नाम निस्किएको छ ।

प्रमुख कन्सलटेन्ट रेडियोलोजिष्ट पदमा डा. विकासराज थापा, डा. मिलन सिलवाल, र डा. विष्णु खतिवडाले नाम निकाल्न सफल भएका छन् । प्रमुख कन्सलटेन्ट अप्थलमोलोजिष्ट पदका डा. रोशनी अग्रवाल, डा. शक्तिप्रसाद सुवेदी र डा. सिमान्त खड्काको नाम निस्किएको छ ।

प्रमुख कन्सलटेन्ट एनेस्थेसियोलोजिष्ट पदमा  डा. पुजन बल्ल, डा. रविन वैद्य र डा. शुभकल्याण श्रेष्ठ नाम निकाल्न सफल भएका छन् । त्यस्तै प्रमुख मेडिकल सुपरीटेन्डेन पदमा डा. विश्वबन्धु बगालेको मात्रै नाम निस्किएको छ ।  प्रमुख कन्सलेन्ट प्याथोलोजिष्ट पदमा डा. करिश्मा मल्ल वैद्य र प्रमुख अस्पताल नर्सिङ प्रशासक पदमा बन्दना थापाको मात्रै नाम निस्किएको लोकसेवा आयोगको सूचनामा उल्लेख छ ।

 

क्याटेगोरी : विविध, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com