राष्ट्रिय ट्रमा सेन्टरद्वारा डा.सिंहमाथि कुटपिट गर्ने प्रहरीलाई हदैसम्मको कारवाही गर्न माग


काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरले अर्थोपेडिक अङ्को सर्जन डा. जनिथ लाल सिंहलाई कुटपिट गर्ने प्रहरी कर्मचारीलाई हदैसम्मको कारवाही गर्न माग गरेको छ ।

सेन्टरमा कार्यरत डा. सिंह अस्पतालको नियमित डियुटिको अपरेशन पश्चात बाहिर निस्कने क्रममा नेपाल प्रहरीका सुरक्षाकर्मीले परिचय पत्र
खोसी हातपात गर्दा टाउकोमा गम्भीर चोट लागेको र हाल उनको आईसीयूमा उपचार भइरहेको सेन्टरका निमित्त प्रमुख मेडिकल सुप्रिटेन्डेन्ट डा. ममता भट्टराई कोइरालाले बताइन् ।

डा. भट्टराईद्वारा जारी विज्ञप्तिमा घटनाको सम्बन्धमा गम्भीर ध्यानकर्षण भएको र घटनामा संलग्न प्रत्यक्ष एवं अप्रत्यक्ष प्रहरीलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धि (पहिलो संशोधन) ऐन, २०७९ को व्यवस्था अनुसार कानूनी कारवाहीको लागि अनुरोध गरिएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com