नेपाल चिकित्सक संघ र सरकारीबीच ६ बुँदे सहमति


काठमाडौं । नेपाल चिकित्सक संघ र सरकारीबीच ६ बुँदे सहमति भएको छ ।

सहमतिमा नेपाल चिकित्सक संघका तर्फबाट अध्यक्ष डा. लोचन कार्की र  सरकारका तर्फबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव डा. गणेशप्रसाद पाण्डेले हस्ताक्षर गरेका छन् ।

सहमतिमा चिकित्सकमाथि हातपात गर्ने दोषीलाई एक हप्ताभित्र कारबाही गर्ने, घाइते चिकित्सकको उपचार व्यवस्था सरकारले गर्ने उल्लेख छ । विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्था कार्यविधि २०७७’ मा परिमार्जन गर्न एकहप्ता भित्र सुझाव पेश गर्ने, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी संशोधित ऐन, २०६६ बमोजिम स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सेवासम्बन्धी व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्ने  सहमति भएको हो ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com