अमेरिकी क्षेत्रिय स्वास्थ्य सम्मेलनको मुल मन्त्र ‘एकता’


अमेरिकी क्षेत्रीय स्वास्थ्य सम्मेलनको बहु आयामिक महत्व रहेको छ । हामीेले यस अगाडी पनि विश्व नेपाली स्वास्थ्य सम्मेलन भनेर संसारभर रहेका स्वास्थ्यकर्मीहरूलाई समेटेर चार वटा वार्षिक सम्मेलन सम्पन्न गरिसकेका छौं । पाँचौं सम्मेलन यस वर्ष हुन गइरहेको छ ।

विश्वभरका स्वास्थ्यकर्मीलाई समेट्ने यस सम्मेलनको उदेश्य र कार्यपरिधिहरू फरक हुनेछन् । विश्व स्वास्थ्य सम्मेलनमा प्रत्यक्ष रुपमा सहभागी हुँदै गर्दा त्यहाँको सफलतालाई नजिकबाट नियाल्ने अवसर मिलेको थियो । त्यही सम्मेलनबाट पाठ सिकेर अमेरिकामा पनि महत्वपूर्ण उदेश्य पूर्ती गर्न सकिन्छ भन्ने हेतुका साथ यो अमेरिकी क्षेत्रीय स्वास्थ्य सम्मेलनको आयोजना गर्न लागिएको हो ।

सम्मेलनले के गर्छ ?

पहिलो कुरा अमेरिकामा कार्यरत नेपाली मुलका स्वास्थ्यकर्मीको सङ्ख्या विगत केही वर्ष यता ह्वात्तै बढेको छ । सयौंको सङ्ख्याबाट छोटो अवधिमै बढेर २० औं हजारौंमा पुगेको छ । डाक्टर, नर्स, इपिडिमियोलोजिष्ट लगायत अन्य स्वास्थ्यसँग आवद्ध नेपाली मुलका व्यक्तिहरू विभिन्न सेवामा आवद्ध भएर काम गर्दै बसिरहेका छौं ।

यो सम्मेलनले सबै स्वास्थ्यसँग सम्बन्धित पेशाकर्मीलाई एकताबद्ध गरेर काम गर्न सक्छ । एकताबद्धको अभाव खड्कीन थालेको धेरै भएको छैन । केही वर्षदेखि अमेरिकी क्षेत्रीय स्वास्थ्य सम्मेलनको आयोजना गर्न चाहेपनि अहिले आएर यसलाई मुर्तरुप दिन सकेका छौं ।

हामीले अमेरिकामा बसेर नेपाललाई फाइदा हुने थुप्रै महत्वपूर्ण कामहरू गरेका छौं । अझै यसलाई प्रभावकारी बनाउँन हामीले सम्मेलनको आयोजना गर्नुपरेको हो । जसबाट सबै स्वास्थ्यकर्मी एकताबद्ध भएर अगाडी बढ्न ढोका खुल्नेछ । एक्लै गर्न नसक्ने कामहरू धेरै हुन्छ । तर, सामूहिक रुपमा काम गर्न सहज हुने भएकाले यस्तो सम्मेलनको छुट्टै महत्व हुन्छ ।

नेपाली मुलका चिकित्सक नर्सहरूलाई एकताबद्ध गर्नु नै अहिलेको सम्मेलनको मूल उदेश्य हो । यो हाम्रो पहिलो थालनी हो । एकताबद्ध भएपछि मात्रै सामूहिक रुपमा विभिन्न सेवामुलक कामहरू गर्दै जानेछौं । एक्लै गर्न नसक्ने कामहरू धेरै हुन्छ तर, सामूहिक रुपमा गर्न नसक्ने कामहरू भनेको ज्यादै न्यून हुन्छ । यसलाई नै हामीले पहिलो सम्मेलनको मुलमन्त्र युनिटी बनाएका छौं । एकताको माध्यमबाट धेरै उपलब्धी हासिल गर्न सजिलो हुन्छ भन्ने हो ।

अमेरिकामा स्वास्थ्यका विभिन्न क्षेत्रमा काम गर्ने नेपाली जनशक्तिहरू छन् । क्लिनिकमा फिल्डमा भएका चिकित्सक मध्ये केही सङ्ख्यामा अध्ययन अनुसन्धानमा पनि जोडिएका छौं । विभिन्न क्षेत्रमा काम गर्ने भएकाले एक अर्काको ज्ञान आदान प्रदान गर्न यो सम्मेलन एउटा राम्रो र प्रभावकारी माध्यम हुनेछ ।

नेपाल र अमेरिकाबीचको सहकार्यलाई द्रुत गतिमा अगाडी बढाउने सम्भावनाहरू धेरै हुँदाहुँदै पनि अझै निखारपन आएको छैन । हामीले नेपालमा सामूहिक रुपमा सहयोग गर्ने थुप्रै ठाउँहरू भएकाले यो अवसरमा जोडिनु भएकाहरूका लागि एउटा कोशेढुङ्गा साबित हुने छ ।

हाम्रो विकसित मुलुकमा कार्यरत आप्रवासी नेपाली स्वास्थ्यकर्मीहरूले नेपालमा रहेका विभिन्न प्रोजेक्टमा डाइरेक्ट सहयोग गर्ने भन्ने मान्यता रहेको छ । त्यो केही अर्थमा त्यसको महत्व भएपनि वास्तवमा विकसित राष्ट्रहरूले पनि नेपालजस्ता विकासोन्मुख मुलुकबाट सिक्नुपर्ने कुराहरू धेरै छन् । त्यसैले यो टु वे लर्निङ हो । जसलाई म वाइडाइरेक्सनल लर्निङमा मान्यता राख्छु । किनकी कम स्रोतसाधनकाबीच पनि जुन उच्च गुणस्तरीय स्वास्थ्य सेवा नेपालमा प्रवाहित भइरहेको छ । त्यसरी विकसित मुलुकमा कल्पना पनि गर्न सकिँदैन । त्यसकारण विकसित मुलुकले नेपालजस्ता विकासोन्मुख मुलुकबाट त्यहाँका स्वास्थ्यकर्मीहरू र स्वास्थ्य संस्थाहरूबाट द्वीतर्फी सिकाइ आदानप्रदान गर्नका लागि यो सम्मेलनले सहयोग पुग्छ । समग्रमा भन्नुपर्दा यो सम्मेलनको बहुआयामिक फाइदाहरू र महत्त्व छन् ।

विगत १४ वर्षदेखि क्यान्सर रोगको उपचारमा

विगत १४ वर्षदेखि म क्यान्सर रोगको उपचारमा र अनुसन्धानमा लागेको छु । वैज्ञानिक चिकित्सक हुँ । तीन वटा विश्वविद्यालयमा प्राध्यापकको रुपमा प्राध्यापन गराउँदै आएको छु ।

क्यानडामा बसेर मैले क्यान्सरका बिरामीहरूको उपचार गर्ने र बाँकी समय क्यान्सर रोगको औषधिको विषयमा अनुसन्धानको काम गर्छु । म मेरो ५० प्रतिशत समय बिरामीका लागि दिन्छु भने बाँकी समय अनुसन्धानमा खर्चन्छु ।

विशेषगरी क्यान्सरका नयाँ औषधिहरू पत्ता लगाउने, औषधिको क्लिनिकल ट्रायल, क्यान्सरका नयाँ औषधिहरूलाई कसरी पारदर्शी बनाउन सकिन्छ र कसरी विश्वसनीय बनाउन सकिन्छ भन्ने विषयमा मेरो अनुसन्धान केन्द्रीत रहन्छ । साथै विकासशिल राष्ट्रहरूमा क्यान्सरका आउटकमलाई कसरी विकसित मुलुकबीचमा देखिएको खाडललाई कसरी क मगर्न सकिन्छ भन्ने विषयमा पनि मेरो चाँसो भएको हुँदा यो सम्मेलनको कमिटिमा मलाई राखिएको हो ।

अनुसन्धान जुन क्यान्सर रोगको औषधिसँग सम्बन्धित छ र विकासोन्मुख र विकसित मुलुकबीच क्यान्सरको विषयमा देखिएको खाडललाई कम गर्नका लागि के गर्न सकिन्छ भन्ने पनि मेरो चाँसो भएकाले यो सम्मेलनको निकै नजिक रहेर यो सम्मेलनमा सहभागि भइरहेको छु ।

क्यान्सरको अवस्था

विकासोन्मुख देशहरूमा क्यान्सरको अवस्था भयावह छ । एक वर्षमा करिब १० मिलियन अर्थात् संसारभर १ करोड मानिसको मृत्यु हुने गरेको छ । तर, १ करोड मध्ये ७० प्रतिशत मृत्यु विकासोन्मुख मुलुकमा हुने गरेको छ । जुन अत्यन्तै दुःखद हो । पाठेघरको मुखको क्यान्सर ९० प्रतिशत केस र मृत्यु विकासोन्मुख देशहरूमा हुन्छ । पाठेघरको मुखको क्यासर पूर्णरुपमा निको बनाउँन सकिन्छ ।

हामी आयोजक समितिकै सहभागीहरू छौं । कोही सामूहिक रुपमा कोही व्यक्तिगत रुपमा पनि यस किसिमका नेपालसँग सम्बन्धित विभिन्न स्वास्थ्यका प्रोजेक्टहरूमा सहभागिता भएको अनुभवहरू हामी धेरैसँग छ । त्यहि अनुभवलाई एकै ठाउँमा एकत्रित गरेर एकताको शक्तिमार्फत् जुन व्यक्तिगत रुपमा सम्भव हुँदैन । ती कुराहरूलाई गर्नका लागि यो एउटा ठूलो स्थान हुन्छ । र, नेपालबाट पनि विभिन्न सरकारी, गैर सरकारी तथा पेशागत सङ्घसङ्गठनबाट पनि ठूलो सहभागिता रहनेछ ।

नेपालको भूमिमा नै प्रत्यक्ष सरोकार राख्ने र विभिन्न स्वास्थ्य सम्बन्धी क्षेत्रबाट सहभागीता राख्नेहरूको पनि सहभागिता रहने छ । त्यसका साथै नेपालका कन्टेन्ट विशेषज्ञ, वरिष्ठ विशेषज्ञहरू, लब्ध प्रतिष्ठित जानकारहरूको पनि सहभागिता रहने छ भन्ने आश्वासन पाएका छौं ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, मेडिकल शिक्षा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com