जलन अस्पताल पुगे राष्ट्रपति पाैडेल स्वास्थ्य लाइभ आइतवार, २०८१ फागुन ४ गते ११:४९ मा प्रकाशित A+ A A- काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कीर्तिपुर बर्न अस्पतालमा उपचाररत उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। राष्ट्रपति पौडेल आइतबार बिहान अस्पताल पुगेर अर्थमन्त्री पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको राष्ट्रपति कार्यालयले जनाएको छ। शनिबार पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटनका क्रममा बेलुन पड्किँदा अर्थमन्त्री पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएका थिए। रिमोटबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा निस्किएको आगोको भिल्काले टिपेपछि बेलुन पड्किएको थियो। अर्थमन्त्री पौडेलको अनुहारको भागमा ५/६ प्रतिशत जलन भएको उपचाररत चिकित्सकले जनाएका छन्। मेयर आचार्यको गालाको बायाँ पट्टीको कान नजिकैको भाग र हातमा जलन भएको छ। उनीहरू दुवैको कीर्तिपुरस्थित बर्न अस्पतालको सघन उपचार कक्ष (आइसीयू) मा उपचार भइरहेको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस The Film Nepal सम्बन्धित खबर २०७९ सालको चुनावमा कांग्रेसबाट प्रत्यक्ष निर्वाचित एक मात्र महिला सिताले… गगन नेतृत्वको कांग्रेसले दिएन दागी नेताहरूलाई टिकट प्रकाशमानले पाएनन् टिकट, काठमाडौं १ मा प्रबलको ‘इन्ट्री’ गगन नेतृत्वको कांग्रेसले पनि श्रीमान-श्रीमतीलाई सांसद बनाउन खोज्यो भोजपुरका सांसद सुदन किराँतीले मैदान छाडे: भोजपुरमा ध्रुव र धरानमा… बालेन र सोविताले मैदान छाडेपछि काठमाडौं-२ मा राप्रपाका प्रदेश सांसद… टण्डनको नेतृत्वमा गुठी संस्थानमा विद्वत् समिति गठन गोकुलले चाप्लुसी नगर्दा ओलीले दिए मेयर ब्यान्जुलाई टिकट
तपाईको प्रतिक्रिया दिनुहोस