विपद्को कार्यक्रममा जेनेभा पुगेका गृहसचिव दुवाडीलाई प्रधानमन्त्री कार्यालयले पाऱ्यो आपत्त

काठमाडौं। विपद्को कार्यक्रममा स्वीट्जरल्याण्डको जेनेभामा रहेका गृहसचिव गोकर्णमणि दुवाडीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आपत्त पारेको छ। जारी विपद् जोखिम न्यूनीकरणका लागि विश्वव्यापी मञ्चको जलवायु परिवर्तन तथा प्रकोप न्यूनीकरणका लागि वित्तीय प्रवाह बढाउने विषयको मन्त्रिस्तरीय बैठक सम्बोधन गर्न जेनेभा पुगेका गृहसचिव दुवाडीलाई नेपालमा आपत्त आइपरेको हो।
जेनेभामा पुगेर सचिव दुवाडीले विपद्को सामना गर्न विश्वव्यापी सहकार्य जरुरी रहेको बताउँदै गर्दा नेपालमा आइपरेको आपत्तको सामना कसरी गर्ने भनेर उतैबाट योजना बनाउनु पर्ने भएको छ।
प्रधानमन्त्री कार्यालयका सचिव गोविन्दबहादुर कार्कीले गृह सचिव दुवाडीलाई लेखेको पत्रमा दरबन्दी बढी कर्मचारी खटाउनको कारण माग गर्दै त्यसको विवरण उपलब्ध गराउन भनेका छन्। एक हप्तादेखि जेनेभामा रहेका सचिव २८ गते (बुधबार) बेलुका मात्र नेपाल फर्किने कार्यतालिका छ।
गृहसचिव दुवाडीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयमा दरबन्दी भन्दा बढी कर्मचारी पठाएको भन्दै सात दिने स्पष्टीकरण सोधेको हो। अख्तियारले दुरूपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा अनुसन्धान गरिरहँदा गृहसचिव दुवाडीलाई अर्को आपत्त आइलागेको हो। अख्तियारले पनि दरबन्दीभन्दा बढी कर्मचारी खटाएको विषयमा गृह मन्त्रालयलाई पत्र काटेको छ। प्रधानमन्त्री कार्यालयले त ७ दिने ‘अल्टिमेटम’ गृह सचिव दुवाडीलाई आपत्त नै खेलाएको हो।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस