अन्तर्राष्ट्रिय मान्यता पाएको नेपालकै पहिलो अस्पताल: किस्ट मेडिकल कलेजको ऐतिहासिक फड्को

काठमाडौं । नेपालको स्वास्थ्य क्षेत्रमा ऐतिहासिक सफलता हासिल गर्दै किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल अन्तर्राष्ट्रिय स्तरमै गुणस्तरीय सेवा प्रदान गर्ने मान्यता प्राप्त गर्ने पहिलो नेपाली संस्था बनेको छ।
भारतको ‘नेशनल एक्रिडियटेशन बोर्ड फर हस्पिटल एण्ड हेल्थ केयर प्रोभाइडर्स’ (NABH) ले निर्धारित ६०० भन्दा बढी मापदण्डहरू पुरा गरेपछि अस्पताललाई २०२५ अप्रिल २४ मा यो अन्तर्राष्ट्रिय मान्यता प्रदान गरेको हो।
न्याबको मान्यता पाउन अस्पतालले लामो समयसम्मको कडाइका साथ अनुगमन, परीक्षण र मूल्याङ्कन प्रक्रिया पार गर्नुपरेको थियो। यो मान्यता प्राप्तसँगै अब अस्पतालले सेवा, संरचना र व्यवस्थापनका सबै पक्षमा अन्तर्राष्ट्रिय स्तरको मापदण्ड कायम राख्नुपर्ने हुन्छ।
किस्ट मेडिकल कलेजका प्रबन्ध निर्देशक अविनाश थापा भन्छन्, “यो उपलब्धिले बिरामीहरूमा अझ ठूलो विश्वास जगाएको छ। सेवा प्रवाहमा हामी अझ सजग, उत्तरदायी र पारदर्शी हुनेछौं।”
बिरामीका लागि के अर्थ राख्छ?
गुणस्तरीय उपचारमा विश्वसनीयता
स्वास्थ्य सेवामा पारदर्शिता र सुरक्षा सुनिश्चित
अन्तर्राष्ट्रिय अनुभवका आधारमा सेवा सुधार
नेपालमा गुणस्तरीय स्वास्थ्य सेवा अझै चुनौतीपूर्ण मानिएको समयमा किस्ट मेडिकल कलेजको यो उपलब्धि अन्य संस्थाहरूका लागि प्रेरणा बन्न सक्ने विश्लेषकहरूको भनाइ छ।
क्याटेगोरी : मेडिकल शिक्षा, समाचार
तपाईको प्रतिक्रिया दिनुहोस