सहसचिव अर्याल हाजिर नहुँदा आईडीएमसीमा निमित्तको रजाइँ


काठमाडौं। सूचना प्रविधि विज्ञ (सहसचिव) रामगोविन्द अर्याल हाजिर नहुँदा एकीकृत डाटा व्यवस्थापन केन्द्र (आईडीएमसी) निमित्तको भरमा चलिरहेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३ महिना अघि सहसचिव अर्याललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय वा अन्तर्गत सरूवा गरेको थियो। त्यसपछि मन्त्रालयले उनलाई आईडीएमसीमा पठायो। तर, उनी आईडीएमसीमा हाजिर भएका छैनन्। आईडीएमसी अहिले सूचना प्रविधि निर्देशक (उपसचिव) मनिष भट्टराईको ‘कमाण्ड’मा चलिरहेको छ।

खरिदमा विशेष रूची राख्ने भट्टराईले आईडीएमसीमा त्यसलाई निरन्तरता दिएको पाइन्छ। कुनै बेला विकल पौडेल र सुनिल पौडेलले एकछत्र राज गरेको राष्ट्रिय सूचना प्रविधि केन्द्र अहिले एकीकृत डाटा व्यवस्थापन केन्द्र (आईडीएमसी)मा रूपान्तरण भएको हो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय हुँदै आईडीएमसी पुगेका अर्याल हाजिर नहुँदा भट्टराईले रजाइँ गरिरहेका छन्। अर्यालले भट्टराईलाई मैदान खाली गरिदिँदा खरिद कार्यले तीव्रता पाएको देखिन्छ। सहसचिवको दरबन्दीमा खटाइसकेको सहसचिव नगएर निमित्तलाई सम्पूर्ण काम गर्न दिनु पनि अनुचित कार्य हो।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रशासन हेर्ने सहसचिव कोषहरि निरौलाका अनुसार आईडीएमसीमा रामगोविन्द अर्याललाई पठाइएको थियो। तर, उनको स्वास्थ्य समस्याका कारण हाजिर नभएकाे निरौलाले बताए। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सञ्चार हाजिर गर्न पुगेका अर्याल आईडीएमसीमा पठाउनेबित्तिकै पत्र सच्याउन भनेर सामान्यतिर फर्किएका थिए। त्यसपछि उनी सञ्चारमा नआएको निरौलाको भनाइ छ। सञ्चारबाट सामान्यमै फर्किएका अर्याल आईडीएमसी भट्टराईलाई छाडेर त्यतै बसेका छन्।

क्याटेगोरी : समाचार
ट्याग : #मनिष भट्टराई, #रामगोविन्द अर्याल

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ