सहसचिवको दरबन्दी खटाइएका उपसचिव सिडिओ अझै हटाइएन


काठमाडौं। गृह मन्त्रालयले सहसचिवको दरबन्दी खटाइएका उपसचिव सिडिओ अझै हटाएको छैन। गृह मन्त्रालयले सहसचिवको दरबन्दी रहेको डडेल्धुरा, बैतडी, डोटी, सल्यान, जुम्ला उपसचिव सिडिओ खटाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्वीकृत दरबन्दी बमोजिम कर्मचारीको पदस्थापन नगरी तल्लो पदका कर्मचारीलाई जिम्मेवारी दिएकोमा ध्यानाकर्षण गराएपनि गृह मन्त्रालयले अटेर गरेको हो।

प्रधानमन्त्री कार्यालयले पटकपटक दिएको निर्देशनको अवज्ञा गर्दै गृह मन्त्रालयले सहसचिवको दरबन्दी रहेको डडेल्धुरा, बैतडी, डोटी, सल्यान, जुम्ला उपसचिव सिडिओलाई हटाउन मानेको छैन।डडेल्धुरामा उपसचिव चोमेन्द्र न्यौपाने, जुम्लामा उपसचिव रामबहादुर शाही, डोटीको उपसचिव मोहनराज जोशी र बैतडीको उपसचिव दिर्घराज उपाध्याय प्रमुख जिल्ला अधिकारी (सिडिओ) रहेका छन्। गृहले सुशासनको खिल्ली उडाउँदै सहसचिवको दरबन्दीमा उपसचिवलाई सिडिओ बनाएको हो। यसमा गृहमन्त्री रमेश लेखक गोकर्णमणि दुवाडी समेत आलोचित हुँदै आएका छन्।

सहसचिवको दरबन्दीमा रहेका उपसचिव सिडिओ मात्र होइन समयमै पदस्थापन नगरी जिम्मेवारीविहीन नबनाउन प्रधानमन्त्री कार्यालयले दिएको निर्देशन पनि गृह मन्त्रालयले अवज्ञा गरेको छ। गृह मन्त्रालयको बरण्डामा ५ महिनादेखि हल्लिरहेका सहसचिव प्रेमप्रसाद भट्टराईले अहिलेसम्म जिम्मेवारी पाएका छैनन्। सहसचिवहरू बासुदेव दाहाल, नेत्रप्रसाद सुवेदी, केदारनाथ शर्मा, सुनिता नेपाल, बुद्धबहादुर गुरुङ, लालबाबु कवारी अझै गृहको बरण्डामै छन्। गृहको जगेडामा धनुषाको सिडिओ रामुराज कडरिया र कास्कीका सिडिओ भरतमणि पाण्डे पनि थपिएका छन्। गृह प्रशासनमा सुशासन हेरेको हेरै भएको छ।

 

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ