“स्वास्थ्य मन्त्री पौडेल ढलको पौडिमा!”


काठमाडौं । ‘स्वस्थ नेपाल, समृद्ध नेपाल’को नारासहित अघि बढेको स्वास्थ्य मन्त्रालय आज आफ्नै व्यवस्थापनको जालमा फसेको छ। राजधानीमा बिहानदेखिको लगातारको वर्षासँगै सिंहदरबार परिसरस्थित स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परिसर जलमग्न बनेको छ।

सडकका बीच डुबेको एक गाडी मन्त्रालयका हालका मन्त्री प्रदीप पौडेलकै भएको खुलेको छ। डुबेको गाडीको फोटो सामाजिक सञ्जालमा भाइरल भइरहेका बेला नागरिकले प्रश्न गरिरहेका छन् — जब स्वास्थ्यमन्त्रीकै सवारीसाधन ढलमा डुब्छ, तब सर्वसाधारणको अवस्था कस्तो होला?

विगतमा पनि वर्षा हुनासाथ मन्त्रालयको भूभाग डुबानमा पर्ने गरेको हो। तर प्रत्येक वर्ष दोहोरिने यो समस्या समाधान गर्न न सरकार गम्भीर देखिन्छ, न मन्त्रालय। गम्भीरतापूर्वक ‘सफा वातावरण, स्वस्थ जीवन’को नारा दिने स्वास्थ्य मन्त्रालय ढल व्यवस्थापनमा भने आफैं असफल भएको देखिएको छ।

‘शब्द होइन, सुधार चाहिन्छ’
स्वास्थ्य सुधारका नारा दिने मन्त्री पौडेलले केही दिनअघि मात्र मन्त्रालय परिसर सफा राख्ने अभियानको उद्घाटन गरेका थिए। तर अहिले उनी आफैं ढलको घेरामा परेका छन्।

सरकारको प्राथमिकतामा सार्वजनिक स्वास्थ्य छैन?
यस्तो अवस्थाले देखाउँछ — मुलुकको सार्वजनिक स्वास्थ्य नीति शाब्दिक बनेको छ, भौतिक पूर्वाधारमा लगानी अभावकै कारण स्वास्थ्य मन्त्रालय नै असुरक्षित छ। राजधानीको मुटुमा रहेको मन्त्रालयको यस्तो अवस्था हुँदा मुलुकका ग्रामीण स्वास्थ्य संस्थाहरूको अवस्थाले स्वतः अनुमान गर्न सकिन्छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ