बालेनलाई अख्तियार लागेपछ स्थानीय तहका पदाधिकारीको वैदेशिक भ्रमण खोज्दै संघीय सरकार


काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को वैदेशिक भ्रमणमा अख्तियार लागेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका जनप्रतिनिधिहरूको विदेश भ्रमणमा चासो राखेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालेनको फ्रान्स भ्रमणमा छानबिन थालेपछि संघीय मामिला मन्त्रालयमा तातेको हो।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई स्थानीय तहको दोस्रो निर्वाचन पश्चात् पदाधिकारीले गरेको विदेश भ्रमणको विवरण उपलब्ध गराउन परिपत्र गरेको छ।  संघीय मामिला मन्त्रालयको विकास सहायता समन्वय शाखाले सबै स्थानीय तहसँग सचिवस्तरीय निर्णयअनुसार वैदेशिक भ्रमणको विवरण माग गरेको हो।

संघीय मामिला मन्त्रालयको परिपत्रमा भनिएको छ, ‘स्थानीय तहको दोस्रो निर्वाचन भई पदाधिकारीहरूले पदभार सम्हालेको मितिदेखि हालसम्म त्यहाँका पदाधिकारी तथा कर्मचारीहरूको विदेश भ्रमणको विवरण तपसिल बमोजिमको ढाँचामा १० (दश) दिनभित्र उपलब्ध गराइदिनुहुन मिति २०८१/०२को निर्णय (सचिवस्तरीय) अनुसार अनुरोध छ।,’ मन्त्रालयले वैदेशिक भ्रमणको प्रक्रिया पनि अवगत गराउन खोजेको छ। पछिल्लो समय स्थानीय तहका पदाधिकारी आफूखुसी रुपमा विदेश भ्रमणमा जान थालेपछि संघीय मामिला मन्त्रालय तातेको हो।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ