यहीँ लास जलाउने मेसिन हो जसलाई १ करोड ५२ लाख रुपैयाँ हालेर कोषले खरिद गऱ्यो


काठमाडौं। अनलाईन खरिद विक्री सम्बन्धी वेबसाइटमा ३२ लाख ५० हजार भारतीय रुपैयाँ उल्लेख भएको लास जलाउने उपकरणलाई पशुपति क्षेत्र विकास कोषले १ करोड ५२ लाख रुपैयाँमा किनेको पाइएको छ। अनलाईन खरिद विक्रीसम्बन्धी वेबसाइट indiamart.com. र Kanta ElectricalsPvt. Ltd मा जाने हो जो कसैले सजिलै हेरेर मूल्य पत्ता लगाउने विद्युतीय शवदाह मेसिन ३ गुणा बढीमा कोषले खरिद गरेको पाइएको हो। मूल्यमै चरम घोटाला गरी कोषले विद्युतीय शवदाह मेसिन किनेको पाइन्छ।

पोखराको रामघाटमा जडान गरिएको एउटै प्रकृतिको विद्युतीय शवदाह उपकरणको मूल्य ९० लाख १० हजार रुपैयाँ परेको छ। तर, पशुपति क्षेत्र विकास कोषले १ थान विद्युतीय शवदाह उपकरणलाई नै १ करोड ५२ लाख हालेको खुल्न आएको हो।

पशुपति क्षेत्र विकास कोषले ४ वर्ष अघि त्यस्तै प्रकृतिको मेसिन ६७ लाख ३४ रुपैयाँमा खरिद गरेको थियो। उपकरणको मूल्य झन् घट्नु पर्नेमा ४ वर्षपछि त्यस्तै प्रकृतिको विद्युतीय शवदाह उपकरणलाई झन्डै ३ गुणा बढी मूल्य हालेर कोषले १ करोड ५१ लाखमा किनेको पाइन्छ।

पशुपति क्षेत्र विकास कोषले अस्वभाविक तथा बढि मुल्यको लागत अनुमान तयार पारेर विद्युतीय शवदाह उपकरण खरिद गरेको देखिन्छ। कमिसनको चक्करमा चर्को मूल्यमा लास जलाउने उपकरण खरिद गर्दा अहिले कोषका पदाधिकारी र कर्मचारी अख्तियारको फन्दामा परेका छन्। यसैलाई भन्छ, ‘कात्रोमा कमिसन’।

क्याटेगोरी : समाचार
ट्याग : #विद्युतीय शवदाह उपकरण, #विद्युतीय शवदाह गृह

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ