अर्थोपेडिक अस्पतालमा पार्किङ शुल्कको विरोध गर्दा अभियान्तामाथि निर्घात कुटपिट


काठमाडौं। गोकर्णेश्वर नगरपालिकाको कार्यालय अगाडि अर्थोपेडिक अस्पतालमा पार्किङ शुल्कको विरोध गर्दा अभियान्तामाथि निर्घात कुटपिट भएको छ।

गाेकर्णेश्वर नगरपालिकाका अस्पताल क्षेत्रभित्र नि:शुल्क पार्किङ हुनुपर्छ भनेर नगरपालिका अगाडि प्रदर्शन गर्ने सामाजिक अभियान्ता आदर्श क्षेत्री, राजु सुनार र फोटोग्राफर गोविन्द आचार्यमाथि निर्घात कुटपिट भएको हो। आईतबार बिहान अस्पतालमा लिइरहेको पार्किङ शुल्कको विरोध गर्दा उनीहरूमाथि निर्घात कुटपिट भएको हो।

आफूलाई सन्जय लामा मार्न आएको क्षेत्रीको दाबी छ। नगरपालिका गेट अगाडि प्रदर्शन गरेका उनीहरूमाथि गुण्डा परिचालन गरेर हातपात गरिएको आरोप लागेको हो। कुटपिटपछि घाइते भएका उनीहरुलाई नेपाल मेडिकल कलेज एवं शिक्षण अस्पतालमा लगेर उपाचार गरिएको छ।

अस्पतालमा पार्किङ शुल्क लिने कुरा सधै विवादमा पर्ने गरेको छ। अर्थोपेडिक अस्पतालको पार्किङ शुल्कको विरोध गर्दा कुटपिट भएको पाइन्छ। कुटपिटमा संलग्नहरू अहिलेसम्म पक्राउ नपरेपछि नेपाली प्रहरीले गुण्डाराजको उल्टै संरक्षण गरेको आरोप लागेको हो।

क्याटेगोरी : विविध

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ