यी हुन् ‘कुलिङ पिरियड’ गडबडीको छानबिन गर्ने सांसद्हरू


काठमाडौं। ‘कुलिङ पिरियड’ गडबडीमा ७ सदस्यीय विशेष संसदीय छानबिन समिति गठन हुने भएको छ। उक्त समितिमा रहने सांसद्हरूको नाम तय भएको हो।

‘कुलिङ पिरियड’ गडबडीमा छानबिन गर्न गठन हुने ७ सदस्यीय विशेष संसदीय छानबिन समितिमा नेपाली कांग्रेसबाट जीवन परियार र शुशिला थिङ रहने भएका छन्। नेकपा एमालेबाट संसद्का महासचिव पद्यप्रसाद पाण्डेका जिल्लाबासी नारायण आचार्य र ईश्वरी घर्ती छानबिन समितिमा रहने भएका हुन्।

त्यस्तै नेकपा माओवादीबाट माधव सापकोटा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली विशेष संसदीय छानबिन समितिमा रहनेछन्। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भने रोशन कार्कीको नाम तय भएको छ। संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ पिरियड’ राख्ने विषयमा संसद्को राज्य व्यवस्था तथा सुशासन समितिबाट भएको गडबडीको छानबिन गर्न उनीहरूको नाम तय भएको छ। प्रतिनिधिसभाको सोमबारको बैठकमा सभामुख देवराज घिमिरेले विशेष संसदीय छानबिन समितिमा रहने सदस्यहरूको नाम पढेर सुनाउनेछन्।

क्याटेगोरी : विविध

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ