घूस डिल गरेको अडिओ प्रकरणमा जोडिएकी पूर्वमन्त्री रञ्जिता के भन्छिन्?

काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तासँगको घूस डिल प्रकरणमा जोडिएपछि पूर्वभूमिमन्त्री रञ्जिता श्रेष्ठले मुख खोलेकी छिन्। भूमि आयोगमा नियुक्तिका लागि घूस डिल गरेको अडिओमा रञ्जितको आवाज सुनिएपछि उनी विवादमा तानिएकी छिन्।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीलाई पोलेको घूस डिलमा रञ्जिता समेत मुछिएकी हुन्।
रज्जिताले आफूलाई राजनीति फसाउने योजना र झूटा आरोपहरूको खेती सुरू गरेको दाबी गरेकी छिन्। आमा आईसीयूमा भएकाको आमाको सास र नाडी गन्न व्यस्त बेला आफूलाई फसाउने योजना बुनिएको उनको आसय छ।रज्जिताले आफूले मौनता रोजेको र आफूलाई हल्लामा नभई विवेकमा विश्वास रहेको स्पष्ट पारेकी छिन्। झूटो आरोपहरूको जवाफ समेत दिने उनको भनाइ छ।
यस्तो छ रञ्जिताको फेसबुक स्टाट्स
तपाईको प्रतिक्रिया दिनुहोस