मुख्यसचिव, मुख्य रजिष्ट्रारसहित डेढ दर्जन विशिष्ट चालू आर्थिक वर्षमा घर जाने

काठमाडौं। आर्थिक वर्ष २०८३/८३ मा नेपाल सरकारका मुख्यसचिव, सर्वोच्च अदालतका मुख्य रजिष्ट्रारसहित डेढ दर्जन विशिष्ट श्रेणीका कर्मचारी घर जाँदैछन्। मुख्यसचिव र मुख्य रजिष्ट्रार दुबैजना ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकाश (घर जान) लागेका हुन्। मुख्यसचिव एकनारायण अर्याल ५८ वर्षे उमेर हदका कारण मंसिर ९ गते (४ महिनापछि) अनिवार्य अवकाशमा जाँदैछन्। त्यस्तै सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार देवेन्द्रराज ढकाल ५८ वर्षे उमेर हदकै कारण ११ दिनपछि (साउन ११ गते) अनिवार्य अवकाशमा जान लागेका हुन्।
महान्यायाधिवक्ता कार्यालयका नायब महान्यायाधिवक्ता (विशिष्ट श्रेणी) सचिव डा. टेकबहादुर घिमिरे पाँच वर्षे सेवा अवधि पूरा गरेर यहीँ साउन ४ गते अनिवार्य अवकाशमा जाँदैछन्। बुधबार बसेको न्याय परिषद्को बैठकले घिमिरेलाई प्रशासकीय अदालतको अध्यक्षमा नियुक्ति गर्न सिफारिस (परामर्श) दिएकाले उनी भने अवकाश नहुँदै त्यता फड्को हान्ने भएका छन्।
नेपाल कानुन आयोगका सचिव आलोकचन्द्र श्रेष्ठ ५८ वर्षे उमेर हदका कारण साउन ७ गते अवकाश हुँदैछन्। उनी छोटो समय सचिव भएर घर जान लागेका हुन्। न्याय परिषद्को बैठक तत्काल बस्ने अवस्था नभएकाले श्रेष्ठ न्यायाधीश भएर जाने सम्भावना देखिँदैन। महालेखा परीक्षकको कार्यालयको उपमहालेखा परीक्षक (विशिष्ट श्रेणी) नारायण एमसी ५८ वर्षे उमेर हदका कारण साउन २९ गते अनिवार्य अवकाशमा जाँदैछन्। उनी एक महिना जति सचिव चलाएर घर जान लागेका हुन्।
ऊर्जा सचिव सुरेश आचार्य पनि ५८ वर्षे उमेर हदका कारण भदौं १४ गते अनिवार्य अवकाशमा जाँदैछन्। प्राविधिकतिरका सचिव आचार्य साढे ४ वर्ष बढी विशिष्ट श्रेणीमा बिताएर घर जान लागेका हुन्।गण्डकी प्रदेशका प्रमुख सचिव खगेन्द्रप्रसाद सुवेदी भदौं १७ गते ५८ वर्ष लागेर अनिवार्य अवकाशमा जाने भएका छन्। असार २ गते मात्र सचिवमा बढुवा भएका सुवेदी साढे दुई महिना विशिष्ट श्रेणीमा रहेर घर जान लागेका हुन्।
गृहसचिव गोकर्णमणि दुवाडी ५ वर्ष सचिव चलाएर मंसिर ९ गते घर जान लागेका छन्। मुख्यसचिव अर्याल र गृहसचिव दुवाडीले एकैदिन सरकारी सेवाबाट अवकाश पाउने भएका हुन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानुन सचिव फणिन्द्र गौतमले मंसिर १७ गते अनिवार्य अवकाश पाउँदैछन्। ५८ वर्षे उमेर हदका कारण उनी ४ महिनापछि अनिवार्य अवकाशमा जान लागेका हुन्।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव भरतमणि सुवेदी पौष २८ गते अवकाश हुँदैछन्। विशिष्ट श्रेणीको ५ वर्षे सेवा अवधिका कारण उनी पौष २८ गते घर जान लागेका हुन्। राष्ट्रिय योजना आयोगका सचिव सुमनराज अर्याल माघ १८ गते अवकाशमा जाँदैछन्। उनी पनि ५ वर्ष पूरा गरेर अवकाशमा जान लागेका हुन्।
वाणिज्य तथा आपूर्ति सचिव डा. रामप्रसाद घिमिरे फागुन ९ गते अनिवार्य अवकाशमा जाँदैछन्। ५८ वर्ष पुगेर उनी घर जान लागेका हुन्। युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्साल फागुन २३ गते अनिवार्य अवकाशमा जान लागेका हुन्। उनी पनि ५८ वर्ष लागेर सरकारी सेवाबाट बिदा भएर घर जान लागेका हुन्।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा विडारी पनि चैत ८ गते अवकाश हुने सूचीमा छन्। उनी ५८ वर्षे उमेर हदका कारण २०८२ चैत ८ गते अनिवार्य अवकाशमा जानेछन्। पशुपन्छी विकास मन्त्रालयका सचिव दिपककुमार खराल चैत १४ गते अनिवार्य अवकाशमा जाने सूचीमा छन्। उनी पनि ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकाश जान लागेका हुन्।
राष्ट्रिय तथ्याङ्क कार्यालयका सचिव मधुसुदन बुर्लाकोटी २०८३ असार २० गते र श्रम रोजगार तथा यातायात मन्त्रालयका सचिव कृष्णहरि पुष्कर कर्ण असार २३ गते अवकाशमा जाने सूचीमा छन्। उनीहरू ५ वर्षे सेवा अवधि पूरा गरेर घर जाने सूचीमा देखिन्छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विशेष दरबन्दीमा रहेका सचिव खगेन्द्रप्रसाद नेपाल पनि ५ वर्ष कटाएर असार २७ गते घर जाने सूचीमा छन्। उनी अवकाशमा गएसँगै उक्त दरबन्दी स्वतः कटौती हुन्छ।
यी सहसचिव पनि चालू आर्थिक वर्षमा घर जाँदैछन्
साउन ३ गते महालेखा परीक्षकको कार्यालयका सहसचिव रविन्द्रप्रसाद देवकोटा ५८ वर्ष लागेर घर जाँदैछन्। ५८ वर्ष पूरा गरेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव साउन ६ गते अनिवार्य अवकाशमा जाँदैछन्। साउन ७ गते परराष्ट्र मन्त्रालयका सहसचिव तापस अधिकारी ५८ वर्ष लागेर अनिवार्य अवकाशमा जाने भएका हुन्।
सहसचिव अर्जुन गौतम साउन १२, साउन १३ गते राजन नेपाल, साउन २२ गते राजेन्द्रप्रसाद भण्डारी, साउन २५ गते शैलैजा रेग्मी भट्टराई र २६ गते मेघनाथ तिमल्सेना ५८ वर्ष पूरा गरेर अनिवार्य अवकाशमा जाँदैछन्। भदौ २ गते सहसचिव शंकर नेपाल, भदौ ४ गते सेवन्तराज दाहाल, १० गते उमाकान्त आचार्य र १४ गते शंकर थापा मगर ५८ वर्ष पूरा गरेर अवकाशमा जाँदैछन्। असोज ३ गते सावित्री अर्याल, ४ गते यज्ञ कोइराला, ५ गते लेखराज दाहाल, १६ प्रेमदत्त भट्ट र २७ गते किरण थापा (सिन्धुपाल्चोकको सिडिओ) ५८ लागेर अनिवार्य अवकाशमा जाँदैछन्।
पुरातत्त्व विभागको महानिर्देशक भइसकेका सहसचिव दामोदर गौतमम कार्तिक ५ गते अनिवार्य जानेछन्। कार्तिक ७ गते सहसचिव कविराज पौडेल, १४ गते नरबहादुर थापा, १८ यज्ञप्रसाद ढुंगेल र २९ गते बद्रीनाथ अधिकारी ५८ वर्ष लागेर अनिवार्य अवकाशमा जाने सूचीमा छन्। मंसिर ३ गते लालबावु कवारी, ७ गते ज्ञानप्रसाद ढकाल, १५ गते सलिना मानन्धर, १९ गते गोपाल कोईराला, २७ गते ईन्द्रप्रसाद बस्याल र २८ गते कुमारप्रसाद दाहाल ५८ वर्ष लागेर अनिवार्य अवकाशमा जाने भएका हुन्। पुस २ गते सहसचिव भरतमणि रिजाल, पुस ८ गते सहसचिव इन्द्रप्रसाद आचार्य र पुस ६ गते नविनमान श्रेष्ठ ५८ लागेर अनिवार्य अवकाशमा जाँदैछन्।
माघ ३ गते सहसचिव दिलिप गौतम, ९ गते केशवराज ढकाल र कमलराज जोशी ५८ वर्षे लागेर घर जाँदैछन्। फागुन ४ गते पुण्यबिक्रम पौडेल (बैतडीको सिडिओ), फागुन १० गते राजनराज घिमिरे र फागुन १९ गते गंगाराज खरेल ५८ वर्ष पुगेर अनिवार्य अवकाशमा जाने भएका हुन्। सहसचिवद्वय बासुदेव रेग्मी र भिमार्जुन पाण्डे चैत २४ गते ५८ लागेर अवकाशमा जानेछन्।
२०८३ बैशाख ५ गते सहसचिव शिवराम पोखरेल, ८ गते अरुणकुमार कटुवाल, ११ गते सहसचिव थानप्रसाद पंगेनी, १३ गते दीर्घराज मैनाली, १५ गते इन्द्र बिलास पौडेल, २४ गते प्रेमप्रसाद भट्टराई, २६ गते पुष्कर न्यौपाने, २८ गते धनबहादुर वली (राजदूत) ५८ वर्ष लागेर अवकाशमा जाने सूचीमा छन्। जेठ ३ गते सहसचिव भरत गौतम, जेठ १७ गते बलसागर गिरी र जेठ २२ गते अमृत श्रेष्ठ ५८ टेकेर अनिवार्य अवकाशमा जाँदैछन्। २०८३ असार ३ गते रामुराज कडरिया (गोरखाको सिडिओ) र असार १२ गते सहसचिव ध्रुव गिरी ५८ वर्ष पुगेर घर जाने सूचीमा परेका हुन्।
क्याटेगोरी : समाचार
ट्याग : #आलोकचन्द्र श्रेष्ठ, #एकनारायण अर्याल, #कृष्णहरि पुष्कर कर्ण, #केशवकुमार शर्मा बिडारी, #खगेन्द्रप्रसाद नेपाल, #गोकर्णमणि दुवाडी गृहसचिव, #डा. खगेन्द्र प्रसाद सुवेदी, #डा. टेकबहादुर घिमिरे, #डा. रामप्रसाद घिमिरे, #डा. हरिप्रसाद लम्साल, #दिपक खराल, #देवेन्द्रराज ढकाल, #नारायण एमसी, #फणिन्द्र गौतम, #भरतमणि सुवेदी, #मधुसुदन बुर्लाकोटी, #सुमनराज अर्याल, #सुरेश आचार्य
तपाईको प्रतिक्रिया दिनुहोस