अग्नीहोत्रशाला सञ्चालनमा ल्याउन तयारीमा जुट्यो पशुपति क्षेत्र विकास कोष
काठमाडौं। चार वर्षदेखि बन्द रहेको अत्यान्तै महत्त्वपूर्ण अग्नीहोत्रीशाला सञ्चालनमा ल्याउने तयारीमा पशुपति क्षेत्र विकास कोष जुटेको छ। स्वास्थ्य लाइभले चार वर्षदेखि ‘भूत बंगला’ र दुर्व्यसनीको अखडा बनेको अग्नीहोत्रशालाको विषयमा समाचार सार्वजनिक गरेपछि कोषले सरसफाई थालेको हो।
पशुपति क्षेत्र विकास कोषका नवनियुक्त सदस्यसचिव प्रकाशमणि शर्मा भुसालको निर्देशनमा कोषका सरसफाई कर्मचारी अग्नीहोत्रशालाको सरसफाईमा जुटेका हुन्। ४ वर्षदेखि रोकिएको अग्नीहोत्र परम्परालाई निरन्तरता दिन उनी सक्रिय भएर लागेको पाइन्छ।
पशुपति क्षेत्र विकास कोषको मुटुमा रहेको अग्नीहोत्रशाला चार वर्षदेखि ‘भूत बंगला’ र दुर्व्यसनीको अखडा बनेकोपछि चिन्ताको विषय बनेको थियो। अहिलेको गुठी संस्थानको टिम र पशुपति क्षेत्र विकास कोषको नयाँ टिम उक्त अग्नीहोत्रशाला सञ्चालनमा ल्याउन जुटेको हो।
अत्यन्तै पवित्र मानिएको अग्नीहोत्रशाला दुर्व्यसनी र व्यभिचारीहरूको अखडा बनेको विषयमा भूमिमन्त्री प्रा. डा. कुमार इङनामले पनि चासो देखाएका थिए। गुठी संस्थानका प्रशासक शैलेशराज कुँवरलाई अग्नीहोत्रशाला सञ्चालनको व्यवस्थापन गर्न मन्त्री इङनामले निर्देशन दिएका थिए। कुँवरले अग्नीहोत्रशाला सञ्चालन र व्यवस्थापन गर्नका लागि गुठी संस्थान लागिपरेको बताएका छन्। यसैबीच पशुपति क्षेत्र विकास कोष पनि अग्नीहोत्रशाला सरसफाईमा जुटेको हो।







ट्याग : ## पशुपति क्षेत्र विकास कोष, #अग्नीहोत्रशाला



तपाईको प्रतिक्रिया दिनुहोस