निर्वाचित सांसद नै चुनाव लड्न अनिच्छुक
काठमाडौं। अघिल्लो प्रतिनिधिसभामा निर्वाचित सांसद नै चुनाव नलड्ने भएका छन्। अघिल्लो सासंदमा निर्वाचित सांसदहरू नै चुनाव नलड्ने घोषणा गरेका हुन्। चुनाव नलड्नेमा कांग्रेसका निवर्तमान प्रतिनिधिसभा सदस्य बढी छन्। कांग्रेसका विश्वप्रकाश शर्मा, डा. नारायण खड्का, हृदयराम थानी र नेकपा एमालेका भिमप्रसाद आचार्य फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको चुनाव लड्न अनिच्छुक देखिएका छन्।
झापा क्षेत्र नम्बर एकबाट प्रतिनिधिसभामा निर्वाचित विश्वप्रकाश शर्माले यसपटक चुनाव नलड्ने घोषणा गरेका छन्। नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट उपसभापति बनेका शर्मा यसपटक प्रतिनिधिसभाको चुनाव नलड्ने मुडमा छन्।
२०७९ को प्रतिनिधिसभा सदस्यको निर्वाचन सुनसरी क्षेत्र नम्बर दुईबाट निर्वाचित भिमप्रसाद आचार्य पनि चुनाव नलड्ने भएका हुन्। उनले पार्टीको बैठकमै चुनाव नलड्ने घोषणा गरेका छन्। आचार्य सुनसरी दुईबाट चुनाव लड्न धर्मराएका छन्। उनले चुनाव नै नलड्ने घोषणा गरेका हुन्।
उदयपुर-१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित डा. नारायण खड्का चुनाव लड्न अनिच्छुक देखिएका छन्। उनी योपटक चुनाव नलड्ने निष्कर्षमा पुगेका हुन्। खड्काले आफ्नो बाटो तताएर उदयपुर-१ को मैदान खाली गरेका छन्।
कांग्रेस कै हृदयराम थानीले पनि चुनाव आगामी निर्वाचनमा भाग नलिने घोषणा गरेका छन्। प्रतिनिधिसभाका क्षेत्र नम्बर दुईबाट विघटित प्रतिनिधिसभा सदस्यमा निर्वाचित थानीले राजनीतिक विश्राम लिएका हुन्। स्वास्थ्यको समस्या देखाउँदै थानीले युवाका लागि मैदान खाली गरेका छन्।
‘जेन-जी’ आन्दोलनपछि राजनीतिमा रजगज गरिरहेका पुराना पुस्ताका नेताहरू मैदान छाड्न थालेका छन्। खर्च पनि हुने र चुनाव पनि नजितिने खतरा देखेर उनीहरू चुनाव नलड्ने निष्कर्षमा पुगेका हुन्। यो संख्या निकै बढ्ने देखिन्छ। माघ ६ गते मनोनयका दिनसम्म चुनाव नलड्ने निवर्तमान सांसदहरू थपिने सम्भावना छ।
क्याटेगोरी : समाचार
ट्याग : #डा. नारायण खड्का, #भिमप्रसाद आचार्य, #विश्वप्रकाश शर्मा, #हृदयराम थानी



तपाईको प्रतिक्रिया दिनुहोस