कार्यक्षमताका आधारमा प्रशासन सेवामा १२ सहसचिव थपिए, लेखापरीक्षण तर्फ २ बढुवा


काठमाडौं। कार्यक्षमताका आधारमा प्रशासन सेवामा १२ सहसचिव थपिएका छन्। सोमबार कार्यक्षमता आधारमा बढुवा भएका प्रशासन सेवाका १२ सहसचिव र लेखापरीक्षण तर्फका २ सहसचिवले नियुक्त-पत्र बुझेका हुन्। गत पुस १३ गते कार्यक्षमता मूल्यांकनद्वारा प्रशासन सेवामा १२ उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस भएका थिए। त्यस्तै लेखापरीक्षण सेवामा पनि कार्यक्षमता मूल्यांकनद्वारा २ जना सहसचिवमा बढुवाका लागि सिफारिस भएका थिए। उनीहरू सहसचिवमा उक्लिएका छन्।

प्रशासन सेवाको सहसचिवमा जनकराज भट्ट, महेन्द्रकुमार सापकोटा, रामप्रसाद वाग्ले, महेश पराजुली, टेकनारायण पौडेल, झनककुमार खत्री, शम्भुप्रसाद रेग्मी, सन्तोषकुमार दाहाल, प्रेमबहादुर दौल्याल, चन्द्रप्रसाद भुसाल, नारायणप्रसाद दाहाल र दिपक ज्ञवाली बढुवाका लागि सिफारिस भएका थिए। उनीहरूले सहसचिवको नियुक्ति-पत्र बुझिसकेका छन्।

सहसचिवमा बढुवा भएका जनकराज भट्ट, महेन्द्रकुमार सापकोटा, रामप्रसाद वाग्ले, महेश पराजुली, टेकनारायण पौडेल, झनककुमार खत्री, शम्भुप्रसाद रेग्मी, सन्तोषकुमार दाहाल र रप्रेमबहादुर दौल्याल सामान्य प्रशासन समूहका हुन्। चन्द्रप्रसाद भुसाल, नारायणप्रसाद दाहाल र दिपक ज्ञवाली लेखा समूहको उपसचिवबाट प्रशासन सेवाको सहसचिवमा बढुवाका भएका छन्। सापकोटा र रेग्मी सिडिओ भएर गइसकेका छन्। अन्यको भने व्यवस्थापन हुन बाँकी छ।

लेखापरीक्षण सेवातिर भने प्रेमबहादुर मुङ्गमेन र प्रमोदकुमार केसी कार्यक्षमताका आधारमा सहसचिव (नायब महालेखापरीक्षक)मा बढुवाका भएका हुन्।

जेष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा प्रशासन सेवाको सहसचिवमा कृष्णप्रसाद आचार्य, कृष्णप्रसाद खनाल, गंगाबहादुर क्षेत्री, सुकदेवप्रसाद बाँस्कोटा, हिरालाल चौधरी, खिमबहादुर कार्की, युगराज पाण्डे, लेखनाथ ज्ञवाली, लक्ष्मण विक्रम थापा, एकनारायण शर्मा, डमरूप्रसाद निरौला र राजन राई बढुवा भइसकेका छन्। आचार्य र क्षेत्री सिडिओ भएर गइसकेका छन् भने थापा ५८ वर्ष लागेर घर जाने तयारीमा देखिन्छन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ