समाचारको विषयलाई लिएर म्याद सकिएका बिआईसीसीका करारका अधिकृत बुढाथोकीको धम्की
काठमाडौं। जेनजी आन्दोलनका क्रममा जलेर ध्वस्त भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र(बिआईसीसी)का करारका कर्मचारी चिरञ्जीवी बुढाथोकीले समाचारको विषयलाई लिएर धम्की दिएका छन्। करारको म्याद सकिएपनि सरकारी सावारीसाधान प्रयोग गरिरहेका बुढाथोकीले समाचारका विषयलाई लिएर धम्क्याएका हुन्।
समाचारको विषय चित्त नबुझे प्रेस काउन्सिल नेपालमा जाने कानुनी बाटो छ। तर, बुढाथोकीले आफ्नो विषयमा समाचार लेखेको भन्दै ९८६२८६३१८४ नम्बरबाट गालीगलौजपूर्ण धम्की दिएका हुन्। उनले अभद्र र अशिष्ट शब्द प्रयोग गरेका छन्। बीबीसीसीका करारका पूर्व कर्मचारी बुढाथोकीले अपशब्द बोल्दै कानुन हातमा लिन खोजेका हुन्।
बुढाथोकी विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा करारका अधिकृत हुन्। उनी करारको अधिकृत हुनुअघि नायब सुब्बा सरहको पदमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भर्ति भएका थिए। जेन-जी आन्दोलनपछि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र जलेर पूर्ण रूपले ध्वस्त भएको छ। त्यहाँ रहेका स्थायी कर्मचारीले समेत काम नपाएर हाजिर गर्दै हिँड्ने गरेका छन्। यस्तो बेथिति रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा करारका कर्मचारीको म्याद थप्न चलखेल भइरहेको विषयलाई उजागर गर्दै आएको छ। म्याद थप गर्नका लागि सक्रियतापूर्वक लागिपरेका बुढाथोकीले आफ्नो विषयमा समाचार लेखेको भन्दै स्वास्थ्य लाइभलाई धम्क्याएका हुन्।
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको मोटरसाइकल करार अवधि सकिएका बुढाथोकीले प्रयोग गरेको विषयमा विशिष्ट संरचनाका कार्यकारी निर्देशक नारायणप्रसाद मैनालीलाई सोध्दा आफूलाई जानकारी नभएको बताए। उनले समेत केन्द्रको स्रोतसाधनको दुरूपयोग हुँदा अनदेखा गरिरहेको पाइन्छ।
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका इलेक्ट्रोनिक्स इन्जिनियर जीवनप्रसाद अधिकारी नक्क्ली शैक्षिक प्रमाणपत्र प्रकरणमा भ्रष्टाचारी ठहर भइसकेका छन्। अन्यको शैक्षिक प्रमाणपत्रमाथि समेत अख्तियार दुरूपयोग अनुसन्धान आयोगले निगरानी बढाउँदै आएको छ। करारमै बढुवा भएका अधिकृतको हकमा अख्तियार र राष्ट्रिय सतर्कता केन्द्रले छानबिन गरेर आवश्यक कारबाही गर्न जरूरी छ। कानुन हातमा लिन खोज्ने बुढाथोकीलाई कानुनी कारबाहीको दायरामा ल्याउन स्वास्थ्य लाइभले सरोकारवाला निकायहरूलाई गम्भीर ध्यानाकर्षण गराउन चाहन्छ।



तपाईको प्रतिक्रिया दिनुहोस