श्रीमती अघिल्लो वर्ष प्रशासनको सहसचिव, श्रीमान यसपटक कानुनको सहसचिव बने


काठमाडौं। निजामती सेवामा श्रीमतीपछि श्रीमान सहसचिव बन्न सफल भएका छन्। निता शर्मा अघिल्लोपटक महिला कोटाबाट प्रशासन सेवाको सहसचिव भएकी थिइन्। यसपटक उनका श्रीमान् बालकृष्ण निरौला कानुन समूहको सहसचिव भएका हुन्।

कानुन समूहको सहसचिव भएका बालकृष्ण निरौला पूर्व मुख्यसचिव लिलादेवी गड्तौलाका देवर हुन्। कानुन समूहको आन्तरिक प्रतिस्पर्धाबाट १ सिटमा उनै बालकृष्णले बाजी मारेका छन्। श्रीमती निता सहसचिव भइसक्दा बालकृष्ण कानुन समूहको उपसचिव नै थिए। उनले पनि त्यसको एक वर्षपछि कानुन समूहको सहसचिवमा बाजी मारेका हुन्।

क्याटेगोरी : समाचार
ट्याग : #निता शर्मा, #बालकृष्ण निरौला

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ