पशुपति क्षेत्रका मुख्य आश्रमहरूमा सरसफाइ र सुरक्षामा कोषको छैन चासो


काठमाडौं। पशुपति क्षेत्रका साधु सन्त बस्ने मुख्य आश्रमहरूमा सरसफाइ र सुरक्षामा पशुपति क्षेत्र विकास कोषले कुनै चासो दिएको देखिँदैन। महाशिवरात्रिको अवसरमा विश्वका विभिन्न देशबाट साधु सन्त ती आश्रमहरूमा बस्ने गर्छन्। अहिले सयौंको संख्यामा बाहिरबाट आएका साधु सन्तहरू पशुपति क्षेत्रमा देखिन थालेका छन्। साधु सन्तको आश्रयस्थल बन्ने गरेका पशुपति क्षेत्रका आश्रममा कोषले सरसफाइ र सुरक्षामा चासो नदेखाएको हो।

अहिले पशुपति विकास कोष अन्तर्गत सयौंको संख्यामा सरसफाइ र सुरक्षाकर्मी रहेका छन्। कोषले चाहने हो भने तत्काल सरसफाइ र सुरक्षाकर्मीको प्रबन्ध व्यवस्थापन र परिचालन हुन सक्छ। तर, कोषले सरसफाइ र सुरक्षाकर्मी उचित ढंगले परिचालन गर्न सकेको पाइँदैन। कोषमा रहेका सरसफाइकर्मीलाई २/३ घण्टा मात्र परिचालन गर्ने हो भने आश्रमहरूमा सरसफाइ तत्काल हुने देखिन्छ। तर, उक्त विषयमा कोष व्यवस्थापन चुकेको आभाष हुन्छ।

पशुपति क्षेत्रभित्र राम मन्दिर अखडा, भागवत सन्यास आश्रम, भष्मेश्वर उदासीन अखडा,निर्मल अखडा, शंकराचार्य मठ, गोरखनाथ मठ,अन्नपूर्ण भण्डार,चुन चुन बाबा भैरव आश्रम, बासुकी आश्रम, रामनाथ अघोरी आश्रम, पग्लाबाबा कुटी, गौरीघाट त्रिभुवन शतल,उमाकुण्ड आश्रम र सूर्य घाटका साधु अखडा महत्त्वपूर्ण मानिन्छन्। कोषको ध्यान नपुग्दा ती आश्रमहरूको उचित सरसफाइ र सुरक्षा हुन सकेको छैन। कोष नेतृत्वले उक्त विषयमा तत्काल ध्यान दिनुपर्ने देखिन्छ।

क्याटेगोरी : समाचार
ट्याग : #अन्नपूर्ण भण्डार, #उमाकुण्ड आश्रम, #गोरखनाथ मठ, #गौरीघाट त्रिभुवन शतल, #चुन चुन बाबा भैरव आश्रम, #निर्मल अखडा, #पग्लाबाबा कुटी, #बासुकी आश्रम, #भष्मेश्वर उदासीन अखडा, #भागवत सन्यास आश्रम, #राम मन्दिर अखडा, #रामनाथ अघोरी आश्रम, #शंकराचार्य मठ

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ