एमाले अध्यक्ष ओलीलाई पितृशोक
काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई ओलीलाई पितृशोक परेको छ । ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको हो। केही समयदेखि अस्वस्थ उनको गठ्ठाघरस्थित अस्पतालमा निधन भएको पारिवारिक स्रोतले बतायो।
उनको पार्थिव शरीरको शुक्रबार नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने भएको छ। स्वर्गीय ओलीका दुई छोरा र तीन छोरी रहेका छन्।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस