स्वास्थ्य क्षेत्रमा व्यापक ‘क्लिनअप’ को तयारी, (स्वास्थ्यमा राजनीतिक नियुक्तीको अवस्था यस्तो छ)


काठमाडौं । स्पष्ट बहुमतसहित सरकार गठनको पूर्वसन्ध्यामा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले राजनीतिक नियुक्ति लिएका पदाधिकारीहरूले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने संकेत दिएको छ। शीर्ष तहबाट औपचारिक धारणा सार्वजनिक नभए पनि दोस्रो र तेस्रो तहका नेतामार्फत यस्तो सन्देश बाहिरिएको हो ।

रास्वपाका नेताहरूका अनुसार राज्यका विभिन्न निकायमा व्यापक सुधार आवश्यक रहेको निष्कर्षसहित राजनीतिक रूपमा नियुक्त भएका पदाधिकारीहरूले स्वयं जिम्मेवारी बुझेर पद त्याग गर्नुपर्ने अवस्था आएको छ । उनीहरूले देश विकासको गति तीव्र बनाउन संरचनागत अवरोध हटाउन आवश्यक रहेको बताएका छन् ।

यसैबीच, २५ वर्ष सेवा अवधि पूरा गरेका र ५० वर्षभन्दा माथिका कर्मचारीलाई सम्मानजनक विदाइ गर्दै नयाँ र सक्षम पुस्तालाई अवसर दिने तयारीसमेत रास्वपाले गरेको स्रोतको छ । यसलाई नयाँ विकास मोडलको सुरुआतका रूपमा व्याख्या गरिएको छ ।

रास्वपाका नेताहरूले राजनीतिक नियुक्ति कायम रहँदासम्म प्रभावकारी काम गर्न कठिन हुने तर्क अघि सारेका छन् । उनीहरूका अनुसार निर्णय प्रक्रियामा राजनीतिक प्रभाव घटाउन नसकेसम्म अपेक्षित सुधार सम्भव हुँदैन ।

यही सन्दर्भमा स्वास्थ्य क्षेत्र पनि राजनीतिक नियुक्तीको चपेटाबाट अछुतो छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहत मात्रै विभिन्न परिषद्, बोर्ड र निकायहरूमा एक सयभन्दा बढी व्यक्तिहरू राजनीतिक रूपमा नियुक्त रहेको अनुमान छ । केहीको कार्यकाल सकिए पनि अधिकांश अझै पदमा कायम छन्, जसले सुधार प्रक्रियामा चुनौती थपिरहेको छ ।

राजनीतिक नियुक्तिमा ‘मार्गप्रशस्त’ को आवाज उठेपछि यतिबेला राजनीतिक र प्रशासनिक वृत्तमा तरङ्ग सिर्जना भएको छ । आम नागरिकबाट भने यसलाई सकारात्मक रूपमा लिइएको छ ।

विश्लेषकहरूका अनुसार समय तोकेर गरिने राजनीतिक नियुक्ति प्रणालीले दीर्घकालीन रूपमा संस्थागत स्थायित्व, पारदर्शिता र कार्यसम्पादनमा असर पार्दै आएको छ । यस्तो अवस्थामा रास्वपाको यो संकेतले आगामी दिनमा नियुक्ति प्रणालीमै परिवर्तन ल्याउन सक्ने आकलन गरिएको छ ।स्वास्थ्यकाे केही नियुक्ति खाली छ भने, केेहीमा नयाँ आएकोले अपडेट भइनसकेको मन्त्राालयले जनाएको छ ।

स्वास्थ्यमा राजनीतिक नियुक्तीको अवस्था 

संस्थाको नाम पद पदाधिकारीको नाम नियुक्ति मिति पद रिक्त हुने मिति
नेपाल फार्मेसी परिषद सदस्य डा. सभ्यता गौतम, २०8१।07।0८ 2085/07/07
श्री विष्णु प्रसाद कडेल २०8१।07।0८ 2085/07/07
नेपाल फार्मेसी परिषद रजिस्टार श्री संजीव कुमार पाण्डे 2080/11/24 2084/11/23
नेपाल स्वास्थ्य व्यवसायी परिषद रजिष्ट्रार लीलानाथ भण्डारी 2079/12/10 2082/12/09
नेपाल स्वास्थ्य व्यवसायी परिषद अध्यक्ष सुवोध कुमार शर्मा, 2080/08/13 2084/08/13
नेपाल मेडिकल काउन्सिल अध्यक्ष डा. चोप लाल भुसाल 2080/08/13 2084/08/13
नेपाल मेडिकल काउन्सिल रजिष्टार डा. सतिस कुमार देव २०८०/११/1४ २०८3/११/1४
नेपाल मेडिकल काउन्सिल सदस्य प्रा.डा. मनोज हुमागाई 2081/11/04 2085/11/03
नेपाल मेडिकल काउन्सिल सदस्य श्री राजेश्वर अधिकारी 2081/11/04 2085/11/03
नेपाल मेडिकल काउन्सिल सदस्य डा. सन्तोष मान राजभण्डारी 2081/11/04 2085/11/03
प्रा.डा. पलेस्वाँ जोशी लाखे 2081/11/04 2085/11/03
डा. विक्रान्त ढकाल 2078/05/16 2082/05/15
नेपाल मेडिकल काउन्सिल सदस्य डा. सन्तोष मान राजभण्डारी 2081/11/04 2085/11/03
नेपाल नर्सिङ् परिषद  अध्यक्ष प्रा. सरला के.सी 2078/09/21 2082/09/20
नेपाल नर्सिङ् परिषद  उपाध्यक्ष शारदा कुमारी अर्याल 2078/09/21 2082/09/20
नेपाल नर्सिङ् परिषद सदस्य रत्न बहादुर गुरागाई 2078/09/21 2082/09/20
नेपाल नर्सिङ् परिषद उपाध्यक्ष रमा देवी पहरी ज्ञावाली 2078/09/21 2082/09/20
नेपाल नर्सिङ् परिषद सदस्य राधा देवि गिरि सिलवाल 2078/09/21 2082/09/20
नेपाल नर्सिङ् परिषद रजिष्ट्रार श्री शुक्ला खनाल २०80/02/30 २०8३/02/२९
आयुर्वेद चिकित्सा परिषद अध्यक्ष Prof. Dr. Shyam Mani Adhikar
आयुर्वेद चिकित्सा परिषद सदस्य Dr. Aishwarya Shrestha
Dr. Pravesh Srivastava
आयुर्वेद चिकित्सा परिषद रजिष्ट्रार Dipak Bhandari
नेपाल स्वास्थ्य अनुसन्धान परिषद सदस्य Dr. Nisha Acharya
Dr. Rishi Bisht
Dr. Lily Rajbanshi
Dr. Hari Dhakal
Prof. Dr. Mohanraj Sharma
Dr. Chop Lal Bhusal
नेपाल स्वास्थ्य अनुसन्धान परिषद अध्यक्ष डा नारायणविक्रम थापा हालै चार वर्षका लागि नियुक्ती
नेपाल स्वास्थ्य अनुसन्धान परिषद उपाध्यक्ष डा. अजित सिंह रायमाझी, 2081/09/05 2085/09/05
नेपाल स्वास्थ्य अनुसन्धान परिषद प्रतिनिधि डा. सरोज शर्मा, गुणस्तर मापन तथा नियमन महाशाखा २०८१/09/05 २०८५/09/06
नेपाल स्वास्थ्य अनुसन्धान परिषद सदस्य सचिव डा. प्रमोद जोशी २०८०/11/06 २०८4/11/06
डडेलधुरा अस्पताल विकास समिति अध्यक्ष श्री करुणाकर ओझा २०८०।०2।03 2083/02/03
डडेलधुरा अस्पताल विकास समिति सदस्य श्री जनक बहादुर मल्ल, २०८०।०2।03 2083/02/03
श्री देवकी कुमारी भट्ट (बोहरा) २०८०।०2।03 2083/02/03
कोशी अस्पताल विकास समिति अध्यक्ष डा. फरवड सिलवाल 2080/03/2६ 2083/03/2५
कोशी अस्पताल विकास समिति सदस्य श्री किशोर कुमार पाण्डे 2080/03/28 208३/03/2७
श्री हरि प्रसाद भट्टराई 2080/05/08 2083/05/08
डा. ज्योति कार्की 2080/05/08 2083/05/08
नारायणी अस्पताल विकास समिति अध्यक्ष धिरज कुमार गुप्ता 2080/07/17 2083/07/16
नारायणी अस्पताल विकास समिति सदस्य श्री किरण कुमारी 2080/04/07 2083/04/06
श्री अक्षय कुमार झा 2080/09/01 2083/09/01
भरतपुर अस्पताल विकास समिति अध्यक्ष श्री राजु पौडेल 2079/09/08 2082/09/08
भरतपुर अस्पताल विकास समिति सदस्य श्री प्रनिशा गुरुङ्ग 2080/03/17 2083/03/16
श्री डिल्लीराम लामिछाने 2080/03/17 2083/03/16
भेरी अस्पताल विकास समिति अध्यक्ष श्री विरेन्द्र बहादुर शाह, 2080/03/18 2083/03/17
भेरी अस्पताल विकास समिति सदस्य समीर कुमार गुरुङ्ग, 2080/09/24 2083/09/23
किरण पौडेल आचार्य 2080/09/24 2083/09/23
डा. डक्ट प्रसाद धिताल 2080/10/03 2083/10/03
जि.पी.कोईराला स्वास प्रश्वास उपचार केन्द्र अध्यक्ष डा. दिपेन्द्ररमण सिंह २०८1/01/14 २०८5/01/14
जि.पी.कोईराला स्वास प्रश्वास उपचार केन्द्र सदस्य पदम प्रसाद दवाडी २०८1/01/14 २०८5/01/14
जि.पी.कोईराला स्वास प्रश्वास उपचार केन्द्र सदस्य श्री राम कुमार भण्डारी २०८1/01/14 २०८5/01/14
श्री पान बहादुर घर्ती २०८1/01/14 २०८5/01/14
अङ्ग प्रत्यारोपण समन्वय समिति अध्यक्ष डा. पुकार चन्द्र श्रेष्ठ 2080/03/26 2082/03/26
अङ्ग प्रत्यारोपण समन्वय समिति सदस्य डा. महेश बहादुर अधिकारी 2080/03/26 2082/03/26
डा. प्रविन विक्रम थापा 2080/03/26 2082/03/26
डा. महेश राज सिग्देल 2080/03/26 2082/03/26
वी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल संचालक समिति अध्यक्ष डा. विजयराज न्यौपाने 2079/12/20 2082/12/19
वी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल संचालक समिति सदस्य डा. दिनेश कुमार बिक 2080/03/19 2083/03/1८
डा. रश्मी पुन 2080/03/19 2083/03/1८
डा. रिता महासेठ 2080/03/19 2083/03/1८
डा. अनिल बिक्रम कार्की 2080/03/19 2083/03/1८
वी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल संचालक समिति सदस्य दिलिप पौडेल 2080/03/19 2083/03/1८
शिला देवी अधिकारी 2080/03/19 2083/03/1८
सिंहदरबार वैद्यखाना अध्यक्ष प्रा.डा. ठाकुर प्रसाद दुवाडी, 2081/06/18 2082/05/15
सिंहदरबार वैद्यखाना सदस्य डा. कोपिला अधिकारी 2081/06/08 2084/06/08
डा. दिबाकर ठाकुर 2081/06/08 2084/06/08
डा. लक्ष्मी प्रसाद घिमिरे 2081/06/08 2084/06/08
भक्तपुर क्यान्सर अस्पताल विकास समिति कार्यकारी निर्देशक डा. उज्वल चालिसे, २०८०।12।15 2084/12/14
भक्तपुर क्यान्सर अस्पताल विकास समिति सदस्य प्रा.डा. अभिमन्यु झा 2081/10/14 2085/10/14
शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र सदस्य डा. नविन चन्द्र गौतम 2079/04/09 2083/04/09
प्रा.डा. प्रकाश राज रेग्मी 2079/04/09 2083/04/09
शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र सदस्य श्री राजेन्द्र प्रसाद बराल 2081/08/28 2085/08/28
शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र सदस्य श्री दिपक राज सापकोटा 2081/08/28 2085/08/28
सुशिल कोईराला प्रखर क्यान्सर अस्पताल विकास समिति (गठन) आदेश अध्यक्ष श्री टेकेन्द्र मल्ल 2079/05/19 2082/05/19
सुशिल कोईराला प्रखर क्यान्सर अस्पताल विकास समिति (गठन) आदेश सदस्य श्री इमरान खां 2079/05/19 2082/05/19
दिपा केसी 2079/05/19 2082/05/19
कान्ति बाल अस्पताल विकास समिति अध्यक्ष श्री श्रीराम सुवेदी 2081/09/05 2083/09/06
शहिद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्र सदस्य डा. कृष्ण प्रसाद पौडेल 2080/05/24 2084/05/24
शहिद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्र सदस्य डा. कल्पना श्रेष्ठ 2080/05/24 2084/05/24
शहिद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्र सदस्य श्री सोम बहादुर थापा 2080/05/24 2084/05/24
नरदेवी आयुर्वेद चिकित्सालय अध्यक्ष श्री रमेश चन्द्र न्यौपाने 2080/10/03 2082/10/02
नरदेवी आयुर्वेद चिकित्सालय सदस्य श्री लेखनाथ लामा 2080/10/18 2082/10/17
नरदेवी आयुर्वेद चिकित्सालय सदस्य डा. साहारा श्रेष्ठ 2080/10/18 2082/10/17
स्वास्थ्य बीमा बोर्ड अध्यक्ष चन्द्र बहादुर क्षेत्री। 2080/08/13 2084/08/13
स्वास्थ्य बीमा बोर्ड सदस्य श्री निजन उपाध्याय, २०८०/10/१4 २०८4/10/१3
श्री राजकुमार पोमु लिम्बु, २०८०/10/१4 २०८4/10/१3
डा. रमिला श्रेष्ठ 2081/03/21 2085/03/20
स्वास्थ्य बीमा बोर्ड सदस्य डा. मुक्तिराम श्रेष्ठ 2080/08/12 2084/08/12
श्री जूनु श्रेष्ठ 2080/08/12 2084/08/12
रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समिति अध्यक्ष प्रा.डा. पशुपति चौधरी, 2080/12/22 2083/12/22
रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समिति सदस्य डा. विरेन्द्र प्रसाद यादव 2080/12/22 2083/12/22
कान्ति बाल अस्पताल विकास समिति सदस्य श्री पंचकुमारी श्रेष्ठ २०८1/११/१३ २०८३/११/१३
श्री भगवान कार्की, २०८1/११/१३ २०८३/११/१३
क्याटेगोरी : समाचार
ट्याग : #नेपाल नर्सिङ् परिषद, #नेपाल मेडिकल काउन्सिल

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ