ज्ञानेन्द्र शाहीसँग हर्क साम्पाङको कुरा मात्र होइन ‘बेञ्च’ पनि मिल्यो!


काठमाडौं। धरानबाट चुनाव चित्दै गर्दा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले राप्रपाका सांसद ज्ञानेन्द्र शाहीसँग कुरा मिल्न सक्ने बताएका थिए। सामाजिक संजालमा फेसबुकमा उनले लेखेका थिए ‘माननीय ज्ञानेन्द्र शाहीसँग चाहिँ कुरा मिल्छ जस्तो लाग्छ ! प्रारम्भिक अनुमान मात्रै है तर !,’ सांसदको सपथ खानु अघि कुरा मिल्ने बताएका हर्कलाई ज्ञानबहादुर शाहीसँग एउटै ‘बेञ्च’मा बस्ने व्यवस्थापन गरिएको छ। कुरा मिल्छ कि मिल्दैन त्यो विस्तारै थाहा हुँदै जान्छ। बस्ने चाहिँ एउटै ठाउँ मिलेको हो। हर्क र ज्ञानेन्द्र सल्लाह गरेर मिलेर सँगै बस्नुपर्ने अवस्थामा पुगेका हुन्।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ