मन्त्रालय मर्ज गरेर प्रधानमन्त्रीसहित १६ मन्त्रीको नाम टुंगो लगाइयो
काठमाडौं। नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारमा मन्त्री हरूको नाम करिब करिब टुंगिएको छ।प्रधानमन्त्रीसहित १६ मन्त्रीको नाम लगभग टुंगिएको हो। मन्त्रालयहरू ‘मर्ज’ गरेर मन्त्रीको नाम टुंगो लगाइएको छ।
प्रधानमन्त्री बालेनले रक्षा मन्त्रालय आफैसँग राखेका छन्। शिक्षा मन्त्रालयमा युवा तथा खेलकुद मन्त्रालय गाभेर सस्मित पोखरेललाई मन्त्री बनाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा खानेपानी मन्त्रालय गाभेर निशा मेहतालाई जिम्मेवारी दिइएको छ। भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालय गाभेर सुनिल लम्साललाई उक्त मन्त्रालयको जिम्मेवारी दिइएको हो। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय गाभेर प्रतिभा रावललाई मन्त्रीको जिम्मेवारी दिइएको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालय र वन तथा वातावरण मन्त्रालय गाभेर गीता चौधरीलाई जिम्मेवारी दिइएको हो।
अर्थमा स्वर्णिम वाग्ले, गृहमा सुदन गुरुङ र परराष्ट्रमा शिशिर खनाललाई मन्त्री बनाइएको छ। उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री विराजभक्त श्रेष्ठ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्क (गणेश) पौडेल र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमल्सिना हुनेछन्।
उद्योग, वाणिज्य र आपूर्तिमन्त्री अमरेश सिंह, कानुन, न्याय तथा संसदीय मामिलामा सोबिता गौतम, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा दीपक शाह र महिला बालबालका तथा ज्येष्ठ नागरिक मन्त्रीमा सीता वादीको नाम ‘फाइनल’ भएको बताइन्छ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस