‘जेन-जी’ सरकारको अनुभूति दिलाउँदै बालेन-सुदन: तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखक पक्राउ


काठमाडौं। सरकार बनेको २४ घण्टा नबित्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र गृहमन्त्री सुदन गुरुङ एक्सनमा उत्रिएका छन्। ‘जेन-जी’ आन्दोलनका बेला बच्चाहरूको मृत्यु भएको थियो। उक्त कदममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई कार्की आयोगले जिम्मेवार ठहऱ्याएको थियो। प्रधानमन्त्री बालेन र गृहमन्त्री गुरूङले ‘जेन-जी’ आन्दोलनमा जिम्मेवार रहेका ओली र लेखकलाई पक्राउ गरेको हो।

गृहमन्त्री गुरूङले कानुनभन्दा माथि कोही नरहेको भन्दै पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएकाे जानकारी दिएका छन्। ‘यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो। मलाई विश्वास छ, अब देशले नयाँ दिशा लिनेछ।’, गृहमन्त्री गुरूङले लेखेका छन्।

प्रधानमन्त्री बालेन र गृहमन्त्री गुरुङको एक्सनले धेरैको निद हराम हुने देखिन्छ। सुदनलाई गृहमन्त्री किन बनाएको भनेर प्रश्न सोध्ने र आलोचना गर्नेलाई ओली र लेख कलाई पक्राउ गरेर जवाफ दिएका छन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ