वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण सेटिङ बालेन सरकारले भत्काइदियो


काठमाडौं। बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले वैदेशिक रोजगारीका जाने कामदारको नाममा हुँदै आएको सेटिङ भत्काइदिएको छ। बालेन सरकारले सरकारी स्वास्थ्य संस्था (अस्पताल)बाट स्वास्थ्य परीक्षण गर्ने गरी निर्णय गरेको हो।

तत्कालीन मुख्यसचिव एकनारायण अर्याल र श्रम सचिव कृष्णहरि पुष्कर कर्ण मिलेर सेटिङमा वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बृद्धि गरेका थिए। मेडिकल माफिया कैलाश खड्का र तत्कालीन मुख्यसचिव एकनारायण अर्यालसँगको मिलेमतोमा श्रम सचिव कर्णले ६ हजार ५ सयबाट श्रमिकको स्वास्थ्य परीक्षण शुल्क ९ हजार ५ सय रुपैयाँ पुऱ्याएको थिए। उक्त शुल्क यसअघिका श्रममन्त्री राजेन्द्रसिंह भण्डारीले खारेज गर्दिएका थिए। बालेन सरकारका श्रममन्त्री दिपक साह एक कदम अघि बढ्दै सरकारी स्वास्थ्य संस्थाबाट पनि वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न पाउने गरी बाटो खुला गरेका छन्।

वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न ठूलो सिण्डिकेट खडा गरिएको थियो। उक्त सेटिङ बालेन सरकारले भत्काइदिएको हो।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ