भदौं २४ गतेको घटनाको सत्यतथ्य छानबिन गर्न आज उच्चस्तरीय समिति बन्ला?
काठमाडौं। बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार गठन भएको एक हप्ता बितेको छ। बालेन प्रधानमन्त्री भएपछि बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले १०० कार्यक्रम सार्वजनिक गरेको छ। उक्त निर्णयको बुँदा नम्बर ७ अनुसार एक हप्ताभित्र एक उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने छ। त्यसैले आज बालेनले मन्त्रिपरिषद्को बैठक डाकेका छन्। आजको मन्त्रिपरिषद्को बैठकले भदौं २४ गतेको घटनाको सत्यतथ्य छानबिन गर्न आज उच्चस्तरीय समिति बन्ने सम्भावना छ।
मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार सार्वजनिक १०० क्रियाकलापको बुँदा नम्बर ७ मा सम्वत् २०८२ भदौं २४ गते घटेको घटनाको सत्यतथ्य छानबिन गर्न एक उच्चस्तरीय छानबिन समिति एक हप्ताभित्र गठन गर्ने। उक्त समितिलाई घटनासम्बन्धी सम्पूर्ण विवरण संकलन, विश्लेष तथा जिम्मेवार पक्ष पहिचान गरी निश्चित समयसीमाभित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिने तथा समितिको सिफारिसका आधारमा आवश्यक थप कारबाही प्रक्रिया अघि बढाउने उल्लेख छ। उच्चस्तरीय छानबिन समिति गठन गर्न समय घर्किसकेकाले आजको मन्त्रिपरिषद्को बैठकले उक्त समिति गठन गर्ने सम्भावना देखिन्छ।
क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस